|

ढाकामा भएको सैनिक विमान दुर्घटनामा २५ बालबालिकासहित २७ को मृत्यु

बंगलादेशको राजधानी ढाकास्थित उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा सोमबार एक सैनिक प्रशिक्षण विमान खस्दा २५ बालबालिकासहित २७ जनाको ज्यान गएको छ।

दुर्घटनामा एक पाइलट र एक शिक्षकको पनि मृत्यु भएको छ भने ७८ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम सागरले उडाएको एफटी–७बीजीआई नामक लडाकु प्रशिक्षण विमान दिउँसो १:०६ बजे कुर्मिटोला एयर बेसबाट उडेको थियो तर उडेको १२ मिनेटमै यान्त्रिक समस्या आएपछि विद्यालय भवनमा खसेको थियो।

सरकारी अधिकारीहरूका अनुसार यो दुर्घटनालाई बंगलादेशको वायुसेनाको इतिहासमै सबैभन्दा ठूलो मानवीय क्षतियुक्त दुर्घटना मानिएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *