अष्ट्रेलिया- ब्रिसबेन- लिले (Lilley) का बासिन्दाका लागि निःशुल्क Tax Return सहायता कार्यक्रम
ब्रिसबेन, अष्ट्रेलियाकी लिले (Lilley) क्षेत्रकी संघीय सांसद तथा सञ्चार र खेलकुद मन्त्री अनिका वेल्स (Anika Wells MP) ले आफ्नो निर्वाचन क्षेत्रका योग्य (Eligible) बासिन्दाहरूका लागि निःशुल्क कर विवरण (Tax Return) दर्ता सहायता कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेकी छन्।
जारी गरिएको सार्वजनिक सूचनाअनुसार, लिले (Lilley) क्षेत्रका योग्य बासिन्दाहरूले कर विवरण भर्न निःशुल्क सहयोग प्राप्त गर्न सक्नेछन्। इच्छुक व्यक्तिहरूले पहिले आफ्नो योग्यता (Eligibility) जाँच गरी कार्यालयमा सम्पर्क गरेर समय (Appointment) लिन सक्नेछन्।
यस कार्यक्रमअन्तर्गत बुकिङ जुलाई २०२६ देखि सुरु भएको जानकारी दिइएको छ।
सेवाको विवरण
- सेवा: निःशुल्क Tax Return सहायता
- लक्षित समूह: लिले (Lilley) क्षेत्रका योग्य बासिन्दा
- योग्यता जाँच: Australian Taxation Office (ATO) को Tax Help कार्यक्रममार्फत
- फोन: (07) 3266 8244
- इमेल: Anika.Wells.MP@aph.gov.au
Anika Wells MP ले योग्य सेवाग्राहीलाई आफ्नो कार्यालयमा सम्पर्क गरी समय मिलाएर सेवा लिन आग्रह गरेकी छन्। कार्यक्रमको उद्देश्य कर विवरण बुझाउने प्रक्रियामा समुदायलाई सहज र निःशुल्क सहयोग उपलब्ध गराउनु रहेको बताइएको छ।
यदि तपाईँहरू यस निर्वाचन क्षेत्रको बासिन्दा भएमा निःशुल्क Tax Return सहायता तथा परामर्श लिन सक्नुहुनेछ।
स्रोत: Anika Wells MP को आधिकारिक सूचना पोस्ट तथा Australian Taxation Office (ATO) Tax Help कार्यक्रम।
