| |

कार दुर्घटनापछि गायक पशुपति शर्मा : “ग्रह कट्यो”

स्याङ्जा, नेपाल – लोकगायक पशुपति शर्मा बुधबार स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटनामा परे। पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किएपछि उनीसहित सवार गायक शिव हमाल र घनश्याम रिजाल सामान्य घाइते भएका छन्।

पशुपति शर्माको देब्रे हातको कान्छी औंला भाँचिएर ब्यान्डेज बाँधिएको छ। दुर्घटनाबारे बोल्दै शर्माले भने, “ग्रह कट्यो, घाँस काट्दा हात काटेजस्तो हो, नर्मल एक्सिडेन्ट हो।”
गायक शिव हमालले पनि कार स्लिप भएर सामान्य दुर्घटना भएको बताएका छन्।

उनीहरू सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा गएका थिए। सबै कलाकारको अवस्था सामान्य रहेको छ।

Source Video :- https://www.facebook.com/reel/1965933260906828

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *