|

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई उपहार स्वीकार नगर्ने निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सबै तहका नेताहरूलाई चाडपर्वको समयमा शुभकामना पत्र बाहेक कुनै उपहार स्वीकार नगर्न निर्देशन दिएको छ। पार्टी प्रवक्ता मनिष झाले सोमबार जारी गरेको विज्ञप्तिमा पूर्व सांसदहरूलाई रातो पासपोर्ट र सांसदको परिचयपत्र यथाशीघ्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिएको छ।

विज्ञप्तिमा उल्लेख भए अनुसार, राष्ट्रिय शोकको समयमा रहेको र सुशासनका लागि गरिएको आन्दोलनमा ७५ जनाको ज्यान गएको अवस्थामा, पार्टीले पार्टीको ब्यानर वा झण्डा प्रयोग गरेर चाडपर्व सम्बन्धित कुनै कार्यक्रम नगर्न पनि सबै तहका नेता तथा सदस्यहरूलाई आग्रह गरेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *