‘मिसिङ मिडल’ आवास सुधार अघि बढाउँदै अस्ट्रेलियाको राजधानी एसीटी (ACT) सरकार
अस्ट्रेलियाको राजधानी क्यानबेराको बढ्दो जनसंख्या र आवास आवश्यकताका लागि एसीटी सरकारले अवस्थित बस्ती भित्र थप घर निर्माण गर्ने योजना अघि बढाएको छ। सरकारले सन् २०३० सम्म ३० हजार नयाँ घर उपलब्ध गराउने लक्ष्य राखेको छ।
हालै सम्पन्न सामुदायिक परामर्शपछि ड्राफ्ट मेजर प्लान संशोधन (DPA-04) लाई व्यापक समर्थन प्राप्त भएको छ। यसले ‘मिसिङ मिडल’ आवास सुधार लागू गर्न टेरिटोरी प्लानमा आवश्यक परिवर्तन गर्ने बाटो खोल्नेछ।परामर्श प्रक्रियामा प्राप्त सुझावहरूलाई सम्बोधन गर्दै संशोधित DPA-04 र ड्राफ्ट मिसिङ मिडल हाउजिङ डिजाइन गाइड तयार गरिएको छ। यी संशोधनहरूमा समावेश परिवर्तनहरूले निम्न उद्देश्यहरू राखेका छन् –
➡️ डिजाइन मापदण्डहरूलाई सुदृढ बनाउने
➡️ क्यानबेराको अद्वितीय पहिचान जोगाउने र छिमेकीहरूमा पर्ने प्रभाव व्यवस्थापन गर्ने
➡️ भविष्यका लागि थप आवास विकल्पहरूलाई प्रोत्साहन दिने
यी सुधारहरू मार्फत एसीटी सरकारले जनसङ्ख्या वृद्धि अनुसारको आवास आपूर्ति सुनिश्चित गर्न र क्यानबेराको विशिष्ट सौन्दर्य तथा बसोबास योग्य वातावरणलाई कायम राख्ने लक्ष्य राखेको छ।
एसीटी सरकारले यी सुधारहरू मार्फत बस्तीहरूमा आवासको विविधता बढाउने र आगामी पुस्ताका लागि किफायती तथा लचिलो आवास विकल्प उपलब्ध गराउने तयारी गरेको जनाएको छ।
स्रोत : ACT Government
The full consultation report and revised draft reforms are now available to read. Take a look: https://bit.ly/43RuABS
“Missing Middle” भन्ने शब्दको अर्थ
त्यस्ता घरका प्रकारहरूलाई जनाउँछ जुन ठूलाठूला अपार्टमेन्ट भवन र एकल परिवारका छुट्टाछुट्टै घरहरू (standalone houses) बीचमा पर्ने आवास शैली हुन्। यी आवासहरू धेरै सहरमा योजनागत प्रतिबन्धका कारण हराइरहेका वा कमी भएको देखिन्छन्, त्यसैले “मिसिङ मिडल” भनिएको हो।
जस्तै :
- दुई वा चार परिवारका लागि एउटै जग्गामा बनेका घर (डुप्लेक्स, ट्रिप्लेक्स, फोरप्लेक्स)
- टाउनहाउस वा टेरेस घरहरू
- साना अपार्टमेन्ट भवनहरू (२–३ तले)
- एउटै जग्गामा बहु–आवासीय घरहरू लाई उदाहरण स्वरूप लिन सकिन्छ
