सनातन समाज अस्ट्रेलियाको आयोजनामा क्यानबेरामा महाशिवरात्रि पर्व भव्य रूपमा मनाइने
Umesh Dhakal
KNA- Canberra
क्यानबेरा (अस्ट्रेलिया) — सनातन समाज अस्ट्रेलियाको आयोजनामा आराध्यदेव भगवान श्री पशुपतिनाथको पूजा–आराधनासहित महाशिवरात्रि पर्व आगामी १५ फेब्रुअरी २०२६ का दिन क्यानबेरामा भव्य रूपमा मनाइने भएको छ।
कार्यक्रम Greyhound Racing Club, 235 Narrabundah Lane, Symonston ACT 2906 मा अपराह्न ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। क्यानबेरा, क्विन्बियन तथा आसपासका क्षेत्रहरूमा बसोबास गर्ने सम्पूर्ण हिन्दुधर्मावलम्बी भक्तजनहरूलाई कार्यक्रममा सहभागी भई धार्मिक पुण्यलाभ प्राप्त गर्न हार्दिक निमन्त्रणा गरिएको छ।
महाशिवरात्रि पर्वका अवसरमा विशेष पूजा, आरती, भजन–कीर्तन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। साथै कार्यक्रम सफल बनाउन पूजा, प्रसाद व्यवस्थापन, भजन–कीर्तन, सरसफाइ, स्वास्थ्य सेवा, स्वयंसेवा तथा आर्थिक सहयोगका विभिन्न क्षेत्रहरूमा भक्तजनहरूको सहभागिता अपेक्षा गरिएको छ।
पूजाका लागि आर्थिक तथा अन्य सहयोग गर्न चाहने भक्तजनहरूले Sanatan Samaj Australia को खातामा दान गर्न सक्ने व्यवस्था गरिएको छ। आयोजकका अनुसार यस्ता सहयोगले सनातन धर्म, संस्कृति र यसको मूल्य–मान्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
कार्यक्रम संयोजक विष्णु भण्डारीले सबै भक्तजनहरूलाई समय र परिस्थितिअनुसार कार्यक्रममा सहभागी भई भगवान शिवको कृपा प्राप्त गर्न आग्रह गर्नुभएको छ।
यदि हजुरहरूले सहयोग सेवा दाम गर्नको लागि निम्न बमोजिम गर्न सक्नुहुनेछ
सेवाका केही क्षेत्रहरू
१) पुजा तथा आरतीमा सहभागी भएर
२) प्रसाद व्यवस्थापनमा सहयोग गरेर
३) भजन व्यवस्थापनमा सहभागी भएर
४) पुनय दान तथा आर्थीक सहयोग गरेर
(Sanatan Samaj Australia
BSB: 032713
Account: 508265
Ref :- shivaratri puja )
५)निमन्त्रणा तथा वृहत भक्त सहभागीता
६) समाचार तथा जानाकारी प्रवाह गरेर
७)सरसफाई and closing मा सहयोग गरेर
८) स्वास्थ्य सेवा तथा First Aid सेवामा सहयोग गरेर
९) विबिध रचनात्मक सल्लाह सजेसन तथा क्रियाकलापमा सहभागी भएर
आऊनु होस सबैमिली महा शिवरात्री पर्वलाई सभ्य अनी भव्य पार्दै सनातन धर्म संस्कृती र यसको मर्मलाई हाम्रा नया पुस्तामा हस्तान्तरण गरौ॥ पुण्य प्राप्त गरौ॥
भोले नाथ ले सबैको कल्याण गरून॥
कार्यक्रम संयोजक
Bishnu Bhandari
0414820721
सनातन समाज अष्टेृलिया
