STOP Sign को नियम उल्लङ्घन गर्दा सडक दुर्घटना :मेलबर्नमा तीन नेपालीको निधन
मेलबर्न, अष्ट्रेलिया —
भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा ११ नोभेम्बर २०२५ ,मंगलबार बिहान भएको सडक दुर्घटनामा तीन जना नेपालीको ज्यान गएको छ। दुर्घटनामा ४१ वर्षीय पुरुष, ३१ वर्षीया महिला र तीन वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। भने कारमा सवार एक वृद्धा घाइते भई हेलिकोप्टरमार्फत अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार कारले बाटोमा रोकिएर दुवै दिशा ( STOP Sign) नहेरी ट्रक आउने लेनमा प्रवेश गरेपछि ठक्कर भएको भन्ने जनाएको छ । ट्रक चालक सामान्य घाइते छन् र उपचाररत छन्।
दुर्घटनामा परी मृत्यु हुने सबै नेपाल स्थित चितवनका रहेकामा हाल जिलङमा बसोबास गर्दै आएका थिए।
ट्राफिक नियम पालना गरौँ : सुरक्षा हाम्रो जिम्मेवारी
मेलबर्नको स्टोनलीमा हालैको यस दुःखद सडक दुर्घटनापछि प्रहरी र सामुदायिक संघ–संस्थाहरूले सबै चालकहरूलाई ट्राफिक नियम कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।
प्रहरीका अनुसार सानो गल्तीले पनि ठूलो क्षति हुन सक्छ। सडकमा निस्कँदा दुवै तर्फ हेर्ने, गति सीमा पालन गर्ने र ध्यानपूर्वक ड्राइभ गर्ने बानीले दुर्घटनाबाट बच्न सहयोग पुर्याउँछ।
सडक सुरक्षा सबैको जिम्मेवारी हो—नियम पालना गरेर मात्र हामी आफ्नो र अरूको जीवन सुरक्षित राख्न सक्छौँ।
