साहित्यकार एवं रचनाकार देबिका बराल द्वारा लिखित – “मेला”
मेला
देबिका बराल
पेन्सलभेनिया अमेरिका
बर्स दिन घुमेर आयो आज हेर यो हर्ष उल्लास फेरि
आनन्दित मनले रमाउछन सब यो रमझम मेला हेरि ।
मेलाको रमाइलो पल हेर गुनेर मनमा यहाँ
मिल्ने छैन हर्ष रत्तीभर घुमेर अन्तै कहाँ ।
आफ्नै भाषा बोली भेष लगाईकन हेर आउदछन सबले यहाँ
आफ्नै स्वादका ती परिकार मिल्छ खोजेर कहाँ ।
धन्यहुन जसले जुराए आज हेर डटेर यो उत्सब
कृपा मिलोस सदा सर्बदा जहाँ रमाउला अर्को बर्ष ।

