न्यूनतम उमेर कानून लागू भएपछि अस्ट्रेलियामा १६ वर्षमुनिका ४.७ मिलियनभन्दा बढी सामाजिक सञ्जाल खाताहरू बन्द

क्यानबेरा, अस्ट्रेलिया —

अस्ट्रेलियामा लागू गरिएको विश्वमै पहिलो सामाजिक सञ्जाल न्यूनतम उमेर सम्बन्धी कानूनले प्रारम्भिक चरणमै उल्लेखनीय प्रभाव देखाएको छ। कानून लागू भएको केही दिनमै १६ वर्षमुनिका प्रयोगकर्तासँग सम्बन्धित ४.७ मिलियनभन्दा बढी सामाजिक सञ्जाल खाताहरू निष्क्रिय, हटाइएका वा प्रतिबन्धित भएको रिपोर्ट छ।।

१० डिसेम्बरबाट लागू भएको उक्त कानूनअनुसार उमेर-प्रतिबन्धित सामाजिक सञ्जाल प्लेटफर्महरूले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा खाता खोल्न नदिने व्यवस्था गर्नुपर्नेछ। अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामक e-Safety Commissioner द्वारा सार्वजनिक प्रारम्भिक विश्लेषणले प्रमुख सामाजिक सञ्जाल कम्पनीहरूले कानून पालना गर्न “भरपुर प्रयास” गरिरहेको जनाएको छ।

यस नीतिप्रति सार्वजनिक चासो उच्च देखिएको छ। सामाजिक सञ्जाल न्यूनतम उमेर सम्बन्धी शिक्षा अभियान सुरु भएयता e-Safety वेबसाइटमा १० लाखभन्दा बढी पटक भ्रमण भएको छ, जसले अभिभावक, परिवार र युवाहरू नयाँ व्यवस्थाबारे विश्वसनीय जानकारी खोजिरहेको संकेत गर्दछ।

प्रधानमन्त्री Anthony Albanese ले प्रारम्भिक नतिजाले सरकारको कदम सही भएको पुष्टि गरेको बताए।

उनले भनेका छन् “हाम्रो सरकारले बालबालिकालाई अनलाइन सुरक्षित राख्न निर्णायक कदम चालेको छ,”
“सामाजिक सञ्जाल कम्पनीहरूले कानून पालना गर्न र बालबालिकालाई आफ्ना प्लेटफर्मबाट टाढा राख्न गम्भीर प्रयास गरिरहेको देखिनु उत्साहजनक छ।
परिवर्तन एकै रातमा हुँदैन, तर यी प्रारम्भिक संकेतहरूले हामीले यो परिवर्तन गर्नु किन आवश्यक थियो भन्ने देखाउँछन्। हामी चाहन्छौँ कि हाम्रा बालबालिकाले सुरक्षित बाल्यकाल बिताउन सकून् र अभिभावकहरूले सरकार उनीहरूको पक्षमा छ भन्ने महसुस गर्न सकून्।”

सञ्चार मन्त्री Anika Wells ले खाताहरू बन्द हुनु ठूलो उपलब्धि भएको बताइन्।

उनले भनिन् “हाम्रो विश्वमै पहिलो सामाजिक सञ्जाल न्यूनतम उमेर कानूनका कारण १६ वर्षमुनिका ४.७ मिलियनभन्दा बढी खाताहरू बन्द हुनु ठूलो उपलब्धि हो,”।
“यो सुरुवाती चरण भए पनि, बन्द गरिएको प्रत्येक खाताले कुनै न कुनै किशोरलाई अफलाइन जीवनमा समुदाय र पहिचान निर्माण गर्न थप समय दिन सक्छ।”

उनले अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै e-Safety Commissioner ले प्लेटफर्मअनुसार कानूनको पालना कत्तिको भइरहेको छ भन्ने विषयमा तथ्याङ्क विश्लेषण गरिरहेको जानकारी दिइन्।

परिवार र युवाहरूले सामाजिक सञ्जाल न्यूनतम उमेर सम्बन्धी जानकारी, स्रोत र परामर्श अस्ट्रेलियाली सरकारद्वारा सञ्चालित e-Safety को सामाजिक सञ्जाल उमेर प्रतिबन्ध हब मार्फत प्राप्त गर्न सक्नेछन्।

Source: Australian Government/ Media Centre

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *