एनआरएनए अष्ट्रेलिया क्यानबेरा (NRNA Australia-ACT) द्वारा ‘समुदाय स्वास्थ्य तथा सचेतना कार्यक्रम’ आयोजना

 गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया, NCC–अष्ट्रेलिया अन्तर्गत SCC–ACT ले नेपाली समुदायको स्वास्थ्य, मानसिक सशक्तीकरण र सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘Community Wellness & Awareness Event’ आयोजना गर्ने भएको छ।

कार्यक्रम ११ जुलाई २०२६ (शनिबार) बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म अष्ट्रेलियन नेशनल युनिभर्सिटी (ANU), क्यानबेरामा सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी हुन आयोजकले सबै नेपाली  तथा अन्य सरोकार समुदायलाई खुला निमन्त्रणा दिएको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य स्वस्थ, सचेत र एकताबद्ध समुदाय निर्माण गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा योग अभ्यास, मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया तथा जुवा (ग्याम्बलिङ) सम्बन्धी सचेतनामूलक प्रस्तुति समावेश गरिनेछ।

कार्यक्रमका प्रमुख आकर्षणहरू:

  • शारीरिक तथा मानसिक तन्दुरुस्तीका लागि योगा अभ्यास।
  • खुला संवाद, सहयोग र सचेतना अभिवृद्धि का लागि मानसिक स्वास्थ्य छलफल।
  • जुवाका जोखिम, त्यसको असर तथा सुरक्षित निर्णयबारे जानकारीका लागि  ग्याम्बलिङ सचेतना ।
  • सूचनामूलक प्रस्तुति, समुदाय सहभागिता तथा स्वस्थ समुदाय निर्माण सम्बन्धी विशेष सचेतना।

कार्यक्रममा विभिन्न नेपाली सामुदायिक संस्था, सामाजिक संघ–संस्था तथा स्वयंसेवी समूहहरूको सहकार्य रहनेछ। 

आयोजकका अनुसार, समुदायभित्र बढ्दो मानसिक स्वास्थ्य चुनौती, अस्वस्थ जीवनशैली तथा ग्याम्बलिङबाट हुन सक्ने नकारात्मक प्रभावबारे सचेतना फैलाउन यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *