ANFS क्यानबेराद्वारा रक्तदान कार्यक्रम आयोजना, नवनिर्वाचित कार्यसमितिको पहिलो सामुदायिक कार्यक्रम
क्यानबेरा, अष्ट्रेलिया।
अष्ट्रेलिया–नेपाल फ्रेन्डसिप सोसाइटी (ANFS) क्यानबेराले Australian Red Cross Lifeblood, Canberra को सहकार्यमा आगामी २५ जुलाई २०२६ मा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली समुदायमा मानव सेवा, सामाजिक उत्तरदायित्व तथा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

यो कार्यक्रम जुन २०२६ मा सम्पन्न निर्वाचनबाट निर्वाचित ANFS क्यानबेराको नयाँ कार्यसमितिद्वारा आयोजना गरिएको पहिलो सामुदायिक कार्यक्रम हो। नवनिर्वाचित कार्यसमितिले आफ्नो कार्यकालको सुरुवात नै सामाजिक सेवामूलक अभियानबाट गर्दै समुदायप्रतिको प्रतिबद्धता व्यवहारमै उतार्ने प्रयास गरेको जनाएको छ।
आयोजकका अनुसार रक्तदानले दुर्घटना, शल्यक्रिया, क्यान्सर उपचार तथा अन्य गम्भीर स्वास्थ्य समस्याबाट पीडित बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले योग्य सबैलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरिएको छ।
ANFS क्यानबेराका Event Coordinator अशोक ढकाल का अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले पोस्टरमा रहेको QR Code स्क्यान गरी अग्रिम दर्ता गर्न सक्नेछन्। साथै थप जानकारीका लागि अध्यक्ष कुमार सापकोटा (0449 712 134), सचिव अमृत शर्मा (0452 203 018) तथा Event Coordinator अशोक ढकाल (0414 058 532) लाई सम्पर्क गर्न सकिने उनले जानकारी दिए।
ANFS क्यानबेराले आगामी दिनहरूमा पनि नेपाली समुदायको हित, सामाजिक एकता तथा जनसेवामूलक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। आयोजकले स्वस्थ तथा योग्य नेपाली समुदायका साथै अन्य समुदायका सदस्यहरूलाई पनि रक्तदान गरी कसैको जीवन बचाउने यस मानवीय अभियानमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।
:कार्यक्रम संयोजक, ANFS क्यानबेरा – अशोक ढकाल
