अटिजम क्षेत्रमा योगदान पुर्‍याएकी सविता उप्रेती ‘नेपालका विशिष्ट महिला’ सूचीमा

काठमाडौं — अटिजम तथा विशेष आवश्यकता भएका व्यक्तिको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै योगदान पुर्‍याउँदै आएकी विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) की संस्थापक तथा अध्यक्ष सविता उप्रेती ‘नेपालका विशिष्ट महिला’ सूचीमा समावेश भएकी छन्।

नेपालका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका प्रतिष्ठित महिलाहरूको सम्मान र योगदानलाई उजागर गर्ने उद्देश्यले आयोजित फोटो प्रदर्शनीमा उप्रेतीलाई पनि समेटिएको हो।

प्रदर्शनीमा ऐतिहासिक व्यक्तित्व सीता माता र भृकुटीदेखि विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका समकालीन महिलाहरूका तस्वीर तथा परिचय प्रस्तुत गरिएको आयोजकले जनाएको छ।

‘नेपालका विशिष्ट महिला’ शीर्षकको फोटो प्रदर्शनी भदौ २ देखि ५ गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सञ्चालन भइरहेको छ।

अटिजम तथा विशेष आवश्यकता भएका बालबालिका र परिवारका लागि शिक्षा, पुनर्स्थापना तथा सामाजिक समावेशीकरणका क्षेत्रमा उप्रेतीले लामो समयदेखि काम गर्दै आएकी छन्। उनको योगदानलाई राष्ट्रिय स्तरमा सम्मान गर्दै विशिष्ट महिलाको सूचीमा समावेश गरिएको SSDRC परिवारले जनाएको छ।

प्रदर्शनीले नेपाली महिलाले समाजका विभिन्न क्षेत्रमा पुर्‍याउँदै आएको योगदानलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *