अष्ट्रेलियाभर विद्यार्थी One Nation को नीतिविरुद्ध सडकमा उत्रिए
अष्ट्रेलियाका विभिन्न शहरमा हजारौं विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी कक्षाबाट बाहिर निस्कँदै दक्षिणपन्थी राजनीतिक दल One Nation र त्यसकी नेता तथा सिनेटर Pauline Hanson को राजनीतिक दृष्टिकोण र नीतिविरुद्ध प्रदर्शनमा सहभागी भएका छन्। ‘Students Say No to Hanson’ नाम दिइएको राष्ट्रव्यापी प्रदर्शनअन्तर्गत सिड्नी, मेलबर्न, एडिलेड, ब्रिस्बेन र पर्थलगायतका शहरमा विद्यार्थी तथा युवा समूहहरू सडकमा उत्रिएका हुन्।…
