| |

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको निधन

अमेरिकाको लुइजियानामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको असार २९ गते राति करिब ९ बजे भएको दुर्घटनामा ज्यान गएको हो। वर्षाका कारण कार चिप्लिएर रूखमा ठोक्किएपछि आगलागी भएको बताइएको छ। यादवले कार चलाइरहेका थिए भने ओलीसहित अन्य दुई जना पनि सवार थिए। घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको छ। विश्वविद्यालयले शोक विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

Source :- लुइजियाना टेक विश्वविद्यालय

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *