क्यानबेरा लिबरल पार्टीको आन्तरिक बैठकपछि दुई नेता अस्थायी रूपमा निलम्बन

       क्यानबेरा, अक्टोबर २९, २०२५ — क्यानबेरा लिबरल पार्टीका MLAs हरूले आज बिहान ९ बजे बसेको बन्द-गोप्य  बैठकमा नेतृ Ms Lee र  नेता Mr Cain लाई अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेका छन्। भने यस सम्बन्धमा आगामी बैठकले समाधानको प्रक्रिया र उपाय खोजी अन्तिम निर्णय गर्ने बताइएको छ। 

लिबरल पार्टीका Ed Cocks MLA- Canberra Liberals Whip ले जारी गरेको विज्ञप्तीअनुसार, उक्त बैठक एक सांसदको अनुरोधमा बन्द-गोप्य ढंगले सञ्चालन गरिएको थियो, जसमा केवल लिबरल एमएलएहरू (MLAs) सहभागी थिए। बैठकका छलफल र निष्कर्षहरू गोप्य राखिनुपर्ने भए पनि केही जानकारी मिडियामा चुहावट भएको Ed Cocks MLA ले विज्ञप्तिमा बताएका छन्।

“बैठकमा ‘Ms Lee र Mr Cain लाई निलम्बन गरियोस् र नोभेम्बर ३ बाट सुरु हुने साताभित्र अर्को बैठक बसोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। उक्त प्रस्ताव पारित भएको छ,” विज्ञप्तीमा भनिएको छ।

 Ed Cocks का अनुसार, आगामी सातामा पुनः बैठक बस्ने र बाँकी विषयहरू समाधान गर्ने प्रयास गरिनेछ। उनले यो विषय पूर्ण रूपमा लिबरल MLAs हरूको आन्तरिक मामिला भएको र स्थापित आन्तरिक प्रक्रिया अनुसार समाधान गर्नुपर्ने बताएका छन्।

मिडियामा प्रसारित समाचारका सन्दर्भमा उनले सावधानी अपनाउन अनुरोध गर्दै भने, “पूर्ण सन्दर्भ र बुझाइबिना समाचार सम्प्रेषण गर्दा गलत बुझाइ फैलिन सक्छ, त्यसैले मिडियाले जिम्मेवार ढंगले रिपोर्ट गर्नुपर्छ।”   पनि विज्ञप्तिमा जनाइएको छ।

Source:Ed Cocks MLA , Canberra Liberals Media Statement

यस विषयमा क्यानबेरा लिबरल पार्टी प्रमुख Leanne Castley MLA ले यस हप्ता भएका घटनाहरूले पार्टीको ध्यान अन्यत्र मोडिएको स्वीकार गर्दै ती समस्याहरूलाई पूर्ण रूपमा र सद्भावपूर्वक समाधान गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले सदस्यहरूलाई संवेदनशील ढङ्गले आन्तरिक विषयहरूलाई सोच विचारपूर्वक सम्बोधन गर्न आग्रह गरेकी छन्।

उनले आगामी निर्वाचन अघि गर्नुपर्ने धेरै काम बाँकी रहेको बताउँदै क्यानबेराका लागि पार्टीको दृष्टि पूरा गर्न बलियो नीतिहरू विकास गर्नुपर्नेमा जोड दिएकी छन्। मतभेद र छलफल स्वाभाविक भए पनि साझा मूल्य र उद्देश्यका आधारमा एक टिम भएर अघि बढ्नु नै पार्टीको बल हो भन्ने भनाइ लाई आत्मसात गर्दै सबैको निरन्तर समर्थनले मात्र ACT का महत्वपूर्ण लक्ष्यहरू हासिल गर्न सकिने बताउँदै धन्यवाद व्यक्त गरेकी छन्।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *