|

क्यानबेरामा नक्कली नोट प्रयोग बढ्दै, सचेतना अपनाउन प्रहरीको आग्रह

अन्तिम अपडेट: सोमबार, १८ अगस्ट २०२५, बिहान ८:२८

एसीटी प्रहरीले क्यानबेराका व्यवसायी तथा सर्वसाधारणलाई नक्कली नोटबारे सचेत रहन आग्रह गरेको छ।

गत वर्ष डिसेम्बर (२०२४) देखि अहिलेसम्म ८० भन्दा बढी नक्कली नोट प्रयोग भएको घटना दर्ता भएका छन्, जसमा हालैको घटना गत बिहीबार, १४ अगस्ट २०२५ मा भएको हो।

प्रहरीका अनुसार अपराधीहरूले प्रायः ५० वा १०० डलरको ठूला नोट प्रयोग गरी सस्तो सामान किन्ने र बाँकी रकम असली नोटमा फिर्ता लिने गरेका छन्। केही घटनामा फेसबुक मार्केटप्लेस मार्फत सामान किन्ने क्रममा पनि नक्कली नोट प्रयोग गरिएको छ।

गुप्तचर विभागका कार्यवाहक सुपरिन्टेन्डेन्ट का अनुसार नक्कली नोट पहिलो नजरमा असलीजस्तो देखिए पनि तिनमा असली नोटमा हुने सुरक्षात्मक विशेषता हुँदैन।
“धेरैजसो नक्कली नोटमा सानो अक्षरमा COPY वा PROP लेखिएको हुन्छ र तिनमा असली नोटका प्रमुख सुरक्षा विशेषता हुँदैनन्,” उनले बताए।

असली अष्ट्रेलियाली नोट चिन्न सकिने तरिका:

  • प्रकाशमा हेर्दा सात-पांग्रे तारा र अष्ट्रेलियाली Coat of Arms देखिनु पर्छ
  • झुकाउँदा चराको पखेटा चल्छन् र रङ परिवर्तन हुन्छ
  • पारदर्शी विन्डो नोटकै हिस्सा हुन्छ
  • झुकाउँदा घुम्ने रङको प्रभाव देखिन्छ
  • यूभी लाइटमा हेर्दा केही भाग चम्किन्छ

थप जानकारीका लागि अष्ट्रेलियाको रिजर्भ बैंकको वेबसाइटमा हेर्न सकिन्छ।

यदि तपाईंलाई नक्कली नोट भेटियो वा शंका लाग्छ भने नजिकको प्रहरी कार्यालयमा जानकारी दिन वा १३१ ४४४ मा फोन गर्न अनुरोध गरिएको छ।

त्यस्तै, नक्कली नोटको बिक्री वा प्रयोगबारे जानकारी हुनेहरूले क्राइम स्टपर्स (१८०० ३३३ ०००) वा Crime Stoppers ACT वेबसाइटमार्फत सम्पर्क गर्न सक्नेछन्। जानकारी गोप्य राख्न सकिन्छ।

स्रोत :एसीटी प्रहरी 

Source:https://police.act.gov.au/news/2025

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *