नख्खु कारागारबाट भागेका कैदीद्वारा पत्नीको हत्या

ललितपुरको नख्खु कारागार तोडफोडपछि फरार भएका एक कैदीले आफ्नै पत्नीको हत्या गरेको घटना सार्वजनिक भएको छ।

पनौती नगरपालिका–१२, गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले आइतबार राति आफ्नी ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङलाई हत्या गरेका हुन्। घटनाबारे वडाध्यक्ष जयराम केसीले पुष्टि गरेका छन्।

सन्तबहादुर जबरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए। गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा नख्खु कारागार तोडिँदा अन्य सयौँ कैदीसहित उनी पनि फरार भएका थिए।

सुरक्षाकर्मीहरूले घटनास्थल नजिकै अनुसन्धान तीव्र पारेका छन् भने थप विवरण सार्वजनिक गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *