अस्ट्रेलियाको क्यानबेरामा नेपाली समुदायद्वारा सञ्चालित सामाजिक संस्थाहरु — सम्पर्क अनि सदस्यता किन? (भाग १)

नोट:यस रिपोर्ट श्रृङ्खलामा क्यानबेरास्थित नेपाली समुदायका विभिन्न सामाजिक संघ–संस्थालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दै जानेछौँ। क्रमसङ्ख्या केवल सूचीका लागि हो, कसैलाई माथि–तल देखाउने उद्देश्य होइन। सूचनाकै अभावमा कुनै संस्था छुटेमा क्षमाप्रार्थी हुनेछौँ र पछिल्ला श्रृङ्खलामा समेट्नेछौँ। आफ्नो संस्थाबारे थप जानकारी दिन इच्छुक संस्थाले कृपया विवरण उपलब्ध गराइदिनुहोला। यसले तपाईंको संस्थालाई समुदायमा अझ राम्रोसँग पुग्न सहयोग पुर्‍याउने छ भन्ने अपेक्षा गर्दछौं।

केन्द्र न्युज अस्ट्रेलिया – क्यानबेरा 

क्यानबेरा, अष्ट्रेलिया – क्यानबेरामा बढ्दो सक्रिय नेपाली समुदायसँगै विभिन्न सामाजिक संगठनहरु पनि सञ्चालनमा आइरहेका छन् ।  विभिन्न संस्थाको आफ्नै उद्देश्य कार्यक्षेत्र रहेका हुन्छन्। आफ्नै मूल्य मान्यता अनुसार सामुदायिक कामहरू गरिरहेका छन् तापनि एउटै मुख्य उद्देश्य चाहिँ नेपाली समुदायको हकहित, सहयोग र नेपालको पर्यटन प्रवर्धन सँगै सामाजिक सांस्कृतिक पहिचान गर्नु नै देखिन्छ।

अस्ट्रेलियाका लागि नेपालको राजदूत कार्यालय पनि अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको छ। यससँगै यहाँ दशकौं पुराना नेपाली सामाजिक संस्थाहरुले नेपाली समुदायको हकहितको लागि काम गर्दै आइरहेको देखिन्छ।

  1. NRNA- ACT , Australia

एनआरएनएको उद्देश्य गैरआवासीय नेपालीहरूलाई एकीकृत गर्दै उनीहरूको अधिकार, हित र पहिचानको संरक्षण गर्नु, नेपालको आर्थिक–सामाजिक विकासमा योगदान पुर्‍याउने वातावरण तयार गर्नु, तथा प्रवासमा रहेका नेपालीहरूको सीप, पूँजी र नेटवर्कलाई मातृभूमिको समृद्धिमार्फत उपयोग गर्नु हो। यी उद्देश्यहरू पूरा गर्न एनआरएनएले विश्वव्यापी नेपाली समुदायको तथ्यांक सङ्कलन, प्रवासी नेपालीहरूको सीप तथा लगानी आकर्षण कार्यक्रम, रोजगार तथा उद्यमशीलता प्रोत्साहन, शिक्षामा पहुँच विस्तार, आपतकालीन उद्धार तथा सहयोग, मातृभूमिमा सामाजिक तथा पूर्वाधार विकास परियोजनामा सहकार्य, ग्लोबल नेपाली नेटवर्कमार्फत ज्ञान–प्रविधि हस्तान्तरण, र नेपाली संस्कृति, भाषा तथा पहिचान संरक्षणजस्ता कार्यक्रमहरू सञ्चालन गर्छ।

NRNA  विश्वभरि  नेपाली भएको देशमा लगभग कार्यक्षेत्र रहेको संस्था हो। यसले अस्ट्रेलियामा पनि राम्रो भूमिका खेल्दै आएको छ।

आसन्न सम्पन्न वार्षिक साधारण सभा भएपश्चात नयाँ कार्यसमिति चयन भएको छ जसमा २७ कार्यसमिति सहित NRNA -ACT Australia कार्य गठन भएको छ

एनआरएनले विभिन्न सामाजिक कार्य: समुदायमा एकता र सम्बन्ध मजबुत बनाउन, नयाँ आएका विद्यार्थी तथा परिवारहरूलाई सहजीकरण गर्न, आपतकालीन अवस्थामा सहयोग सुनिश्चित गर्न
नेपालको पर्यटनमा प्रवर्द्धन गर्न, लगानी वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

मुख्य कार्यक्रम:

  • समुदायमा एकता र सम्बन्ध मजबुत बनाउने
  • नयाँ आएका विद्यार्थी तथा परिवारहरूलाई सहजीकरण गर्नविभिन्न कार्यक्रम गर्ने
  • आपतकालीन अवस्थामा सहयोग सुनिश्चित गर्ने
  • सांस्कृतिक, सामाजिक, खेलकुद तथा सामुदायिक गतिविधि सम्बन्धी कार्यक्रम गर्ने
  • सामुदायिक सक्रियता बढाउन प्रोत्साहित गर्ने
  • समुदायका आवश्यकता बुझी समग्र प्रवर्धन गर्ने
  • नेपालको आर्थिक–सामाजिक विकासमा योगदान पुर्‍याउने वातावरण तयार गर्ने

तसर्थ यदि तपाईँहरू पनि NRNA- ACT , Australia  सँग जोडिन वा थप जानकारी लिन, संस्थासँग सम्बन्धित केही सहयोग चाहिएमा वा सामाजिक कार्यमा अझै सहयोग गर्न इच्छुक भएमा वर्तमानNRNA- ACT, अस्ट्रेलियाका अध्यक्ष श्री ललित मल्ल ज्यूलाई सम्पर्क गर्न Phone 1800006762 वा इमेल: nrnaa.act2013@gmail.com गर्न सक्नुहुन्छ वा सोसियल मिडिया मार्फत जोडिन सक्नुहुनेछ।

  1. सनातन समाज अष्ट्रेलिया (SSA)

सनातन समाज अष्ट्रेलिया (SSA) यो धार्मिक आस्थामा केन्द्रित रहेको संस्था भएपनि यसले धार्मिक सांस्कृतिक कामहत्त्वपूर्ण र ठूला कार्यक्रमहरू गर्दै आएको छ। अस्ट्रेलियाको क्यानबेरामा रहेर सबैभन्दा उत्कृष्ट र भव्य जनमानस बीच नेपाली नयाँ वर्ष को कार्यक्रम, तीज, कृष्ण अष्टमी , महाशिवरात्री, दशैं जस्ता चाडपर्वमा धार्मिक आस्था अनुसार भव्य कार्यक्रम गराउने यो एकमात्र संस्था हो।

सन् २०२० मे ४ मा ACT सरकारद्वारा Associations Incorporation Act 1991 अन्तर्गत कानूनी रूपमा दर्ता भई स्थापित भएको सनातन समाज अष्ट्रेलिया (SSA) को मुख्य उद्देश्यहरू यसप्रकार छन्:

  • सनातन संस्कृति तथा सनातन धार्मिक ग्रन्थहरूको प्रसार–प्रचार गर्नु,
  • हिन्दू पर्व–उत्सवहरूको पालना र उत्सवका रूपमा मनाउन प्रोत्साहन गर्नु,
  • ACT क्षेत्रमा सनातन धार्मिक गतिविधि सञ्चालनका लागि पशुपतिनाथ मन्दिर निर्माण गर्नु, र
  • सामुदायिक कल्याणका गतिविधिहरू अघि बढाउन अन्य संघ–संस्थासँग सहकार्य गर्नु।

हालका वर्षहरूमा अष्ट्रेलियामा नेपाली समुदाय द्रुत गतिले बढिरहेको छ।वृद्धि भइरहेका जनसंख्याको माग र आवश्यकतालाई बुझ्दै क्यानबेरामा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूले आफ्ना सनातन विचार प्रस्तुत गर्न तथा परम्परागत तरिकाले पर्व–उत्सव मनाउने मंचको आवश्यकतालाई मध्यनजर गर्दै सनातन समाज अष्ट्रेलिया स्थापना गर्ने आवश्यकता अनुभव गरेर यो संस्था स्थापना गरिएको हो।

सन् २०१९ को सुरुदेखि नै सामुदायिक संस्थाका रूपमा सक्रिय रूपमा काम गर्दै आएको छ। संस्थाले तीज (३१ अगस्ट २०१९), दशैं – दुर्गा पूजा (४ अक्टोबर २०१९), महाशिवरात्रि (२१ फेब्रुअरी २०२०), अष्टमी पूजा (२४ अक्टोबर २०२०) तथा तुलसी पूजा (२९ नोभेम्बर २०२०) जस्ता महत्वपूर्ण सनातन पर्वहरू सफलतापूर्वक आयोजना गरेको छ।

प्रत्येक वर्ष नेपाली नयाँ वर्ष भव्य रुपमा वा ठूलो जनमासको बीच फायरवर्क्स सहित सांगीतिक लगायत अन्य कार्यक्रम सहित मनाउने यो अस्ट्रेलियाको एकमात्र नेपाली समुदायद्वारा सञ्चालित संस्था हो।

यसैगरी नेपालका प्रमुख चाडपर्वहरूमा धार्मिक परम्परा अनुसार पूजा, सामुदायिक पूजा-आराधना सहित मनाइरहेको हुन्छ। कृष्ण अष्टमी तीज, दशैं, तिहार, नेपाली नयाँ वर्ष, शिवरात्री जस्ता पर्वहरुलाई उत्सवका साथ मनाउन यस संस्थाले प्रेरणा दिइरहेको छ। यी कार्यक्रमहरूले यस क्षेत्रमा रहेका सबै नेपालीहरूलाई एक ठाउँमा ल्याई परम्परागत सांस्कृतिक तथा धार्मिक एकता, मेलमिलाप र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

यो सँगै सनातन समाज अस्ट्रेलियाले अस्ट्रेलियाको क्यानबेरा क्षेत्रमा सनातन धार्मिक गतिविधि सञ्चालनका लागि पशुपतिनाथ मन्दिर निर्माण गर्नु आफ्नो मुख्य योजना अनुसार कामहरू अगाडि बढाइरहेको छ। र अस्ट्रेलियाको प्रदेश तथा संघीय सरकारसँग आवश्यक प्रक्रियाहरू पूरा गर्ने क्रममा रहेको छ।यस योजनालाई  सफल बनाउन हामी सबै नेपाली समुदायको दायित्व रहन्छ। त्यस अर्थ पनि तपाईहरु ले सनातन समाज अस्ट्रेलियालाई आफ्नो समुदायको प्रतिनिधित्व संस्था स्वरूप जोडिन वा थप जानकारी लिन, संस्थासँग सम्बन्धित केही सहयोग चाहिएमा वा सामाजिक कार्यमा अझै सहयोग गर्न इच्छुक भएमा वर्तमान सनातन समाज  अस्ट्रेलियाका अध्यक्ष श्री सन्तोष मल्ल ज्यूलाई सम्पर्क Phone: 0433677022
Fax: 1 888 123 4568 गर्न वा इमेल: Email: sanatansamajaus@gmail.com गर्न सक्नुहुन्छ वा सोसियल मिडिया मार्फत जोडिन सक्नुहुनेछ। हामी जति धेरै एकबद्ध हुनेछौ त्यति नै यस योजनाको छिटो सफलता हासिल मिल्नेछ।

(भाग २ मा अन्य संस्थाहरु लिएर आउनेछौं)

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *