त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनिया,अमेरिका र केन्द्र न्युज अस्ट्रेलिया बीच सहकार्य

त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनिया,अमेरिका  र केन्द्र न्युज अस्ट्रेलिया बीच सहकार्य भएको छ। केन्द्र न्युज अस्ट्रेलिया अब त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनिया ,अमेरिका को हरेक कार्यक्रम को मिडिया पार्टनर रहने  र केन्द्र न्युज अस्ट्रेलियाको वेबसाइटमा त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनियाको आफ्नै प्रयोगकर्ता पोर्टल र सामाजिक मिडिया लिङ्क रहनेछ। यसले गर्दा केन्द्र न्युज अस्ट्रेलियाको वेबसाइटमा त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनियाले सिधै कार्यक्रम तथा समाचार प्रसारण गर्न पाउने छ।यो सहकार्यले दुवै पक्षलाई सामाजिक गतिविधिमा अझ प्रभावकारी बनाउने छ भन्ने पूर्ण विश्वास रहेको त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनियाका अध्यक्ष श्री केशब बैरागी माइलो ले बताउनुभएको छ।

 यसअघि पनि नेपाली भाषा, कला, संस्कृति,साहित्य तथा नेपालको चिनारी लाई प्रवर्धन गर्ने उद्देश्यले निभ स्टार मिडिया, अस्ट्रेलिया र त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनिया, अमेरिका बीच सहकार्य गरी केन्द्र न्युज अस्ट्रेलियाले अटिजम भएका बालबालिकाहरूका लागि “विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र”, काठमाडौँ नेपाल लाई केही रकम सहयोगार्थ निम्न पुरस्कारको वार्षिक योजना कार्यक्रम घोषणा गरी सकेको छ।

केन्द्र न्युज-त्रिवेणी नेपाल चिनारी पुरस्कार-वार्षिक योजना कार्यक्रम

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *