के हो त ऋणमुक्त ANMC अभियान – मेलबर्न आध्यात्मिक उत्सव २०२५
मेलबर्न ,
मेलबर्नमा आयोजना हुन लागेको मेलबर्न आध्यात्मिक उत्सव २०२५ मा नेपाली समुदाय Australian Nepalese Multicultural Centre (ANMC) ले विशेष कार्यक्रम सञ्चालन गर्दैछ। यस वर्षको प्रमुख आकर्षण राधिका दासी जी हुनुहुन्छ। उनी ऋणमुक्त ANMC अभियान (ANMC Debt Demolition Campaign) का प्रमुख वाचिका हुनुहुन्छ, जसअन्तर्गत आर्थिक सशक्तिकरण र ऋणमुक्तिको उद्देश्य राखिएको छ।
यस अभियानको मुख्य उद्देश्य नेपाली समुदायमा आर्थिक सचेतना फैलाउनु, ऋणमुक्ति सम्बन्धी जानकारी दिनु, र समुदायको सामाजिक तथा आध्यात्मिक विकासमा योगदान पुर्याउनु हो।
राधिका दासी जी नेपालकी एक प्रसिद्ध धार्मिक कथावाचिका हुन्, जसले भागवत पुराण लगायतका धार्मिक कथाहरू सरल र भावपूर्ण शैलीमा सुनाउने गर्छिन्। उनले पारम्परिक कथावाचनलाई आधुनिक डिजिटल माध्यमहरूसँग जोडेर धेरै दर्शकसम्म पहुँच बनाएकी छन्, जसले समाजमा आध्यात्मिक चेतना र नैतिक मूल्यहरूको प्रसारमा सहयोग पुर्याउँदै आएकी छन्। उनका कार्यक्रमहरूमा भक्तिमय वातावरण सिर्जना हुन्छ र दर्शकहरूले कथा ध्यानपूर्वक सुन्छन्। यसरी राधिका दासी जीले आफ्नो प्रस्तुति मार्फत धार्मिक परम्परा जिवित राख्दै सांस्कृतिक र सामाजिक प्रभाव पनि कायम राखेकी छन्।
के हो त ऋणमुक्त ANMC अभियान
कार्यक्रम आयोजकका अनुसार Australian Nepalese Multicultural Centre (ANMC) ले नेपाली कम्युनिटी भवन र मन्दिर निर्माणको लागि जुन जग्गा किनेको थियो उक्त रकमको केही प्रतिशत रकम ऋण अझै पनि तिर्न बाँकी भएको र उक्त रकम यही आउँदो कार्यक्रम मार्फत चन्दा -अनुदान -सहयोग जम्मा गरेर चुक्ता गर्ने योजना हो भन्ने बताइएको छ ।
तसर्थ तपाईंहरू पनि यस कार्यमा सहभागी भई कार्यक्रमलाई आफूले सक्ने दान सहयोग गरेर पुण्य कमाउनु हुन विनम्र अनुरोध छ। तपाईँहरूको उपस्थिति र सहयोग नै सम्पूर्ण आयोजक टिम र भक्तजनहरूको लागि सुखद र खुसीको कुरा हो।
कार्यक्रम मिति र स्थान:
- उद्घाटन कार्यक्रम: १४ डिसेम्बर २०२५
- मुख्य कार्यक्रम: १९ देखि २३ डिसेम्बर २०२५
- स्थान: 100 Duncans Lane, Diggers Rest, VIC, 3427
सम्पर्क विवरण:
- Tilak Pokharel (अध्यक्ष): 0450 092 041
- Keshav Kandel (कार्यक्रम संयोजक): 0430 721 877
