सिड्नीमा इजरायल राष्ट्रपतिको भ्रमणविरुद्ध प्रदर्शन हिंसात्मक, प्रहरी–प्रदर्शनकारीबीच झडप

KNA- Canberra

इजरायलका राष्ट्रपतिको अष्ट्रेलिया भ्रमणको विरोधमा हजारौँ pro-Palestinian प्रदर्शनकारीहरू सिड्नीको सडकमा उत्रिएका थिए। जसको कारण सिड्नीको केन्द्रीय व्यापारिक क्षेत्र (CBD) मा आज प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडपहरू भएका छन्। प्रदर्शनकारीहरूले नाराबाजी गर्दै र ब्यानर तथा झन्डा बोकेर शान्तिपूर्ण रूपमा प्रदर्शन सुरु गरे पनि, अवस्था क्रमशः तनावपूर्ण बन्दै गएपछि स्थिति नियन्त्रण बाहिर गएको बताइएको छ।

प्रदर्शन स्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। भीड नियन्त्रण गर्न प्रहरीद्वारा सडक अवरोध, चेतावनी र सुरक्षात्मक घेरा बनाइएको थियो। केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल र झडप समेत भएको छ।

सुरक्षाका कारण आसपासका सडकहरू बन्द गरिएका छन् र स्थानीय यातायात प्रभावित भएको छ। घटनाबारे थप विवरण र सम्भावित पक्राउ तथा घाइतेको संख्या सम्बन्धी जानकारी आउन बाँकी रहेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *