|

जेन–जी विद्रोहपछि ओली पहिलोपटक सार्वजनिक-कार्यकर्तासँग भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुस्थित नयाँ निवासमा पहिलोपटक सार्वजनिक रूपमा देखा परेका छन्। मंगलबार उनले युवा स‌ंघका पूर्व र वर्तमान पदाधिकारी तथा पोलिटब्युरो सदस्य महेश बस्नेतसँग सामूहिक भेटवार्ता गरेका थिए।

भदौ २४ गते पछि सैनिक सुरक्षामा रहेका ओली गत सातादेखि गुण्डुमा सरेका हुन्। नयाँ स्थानमा बसाइँ सरेपछि उनले पार्टीका वरिष्ठ नेता तथा पदाधिकारीसँग व्यक्तिगत रूपमा भेटघाट गर्दै आएका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू र महासचिव शंकर पोखरेलसँग उनी लगातार भेटिरहेका छन्।

बालकोटस्थित उनको पुरानो निवासमा प्रदर्शनकारीले आगजनी गरेका थिए, जहाँ उनले एउटै कम्पाउण्डमा दुई घर राखेका थिए। गुण्डुमा उनी सक्रिय रूपमा कार्यकर्तासँग भेटघाट बढाइरहेका छन् र मंगलबार बाहिरिएको भिडिओमा कार्यकर्तासँग फोटो खिच्दै देखिएका छन्।

तर, भिडिओमा उनले धेरैसँग प्रत्यक्ष कुराकानी गरेको देखिँदैन। केही नेता तथा कार्यकर्ताहरू व्यक्तिगत रूपमा भेट्न पुगेका थिए। मंगलबार भने ठूलो संख्यामा कार्यकर्ताहरू गुण्डुमा पुगेका थिए।

 उनले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *