अस्ट्रेलियाको क्यानबेरामा नेपाली समुदायद्वारा सञ्चालित सामाजिक संस्थाहरु — सम्पर्क अनि सदस्यता किन? (भाग २)
नोट:
यस रिपोर्ट श्रृङ्खलामा क्यानबेरास्थित नेपाली समुदायका विभिन्न सामाजिक संघ–संस्थालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दै जानेछौँ। क्रमसङ्ख्या केवल सूचीका लागि हो, कसैलाई माथि–तल देखाउने उद्देश्य होइन। सूचनाकै अभावमा कुनै संस्था छुटेमा क्षमाप्रार्थी हुनेछौँ र पछिल्ला श्रृङ्खलामा समेट्नेछौँ। आफ्नो संस्थाबारे थप जानकारी दिन इच्छुक संस्थाले कृपया विवरण उपलब्ध गराइदिनुहोला। यसले तपाईंको संस्थालाई समुदायमा अझ राम्रोसँग पुग्न सहयोग पुर्याउने छ भन्ने अपेक्षा गर्दछौं।
केन्द्र न्युज अस्ट्रेलिया – क्यानबेरा
३. ANFS (Association of Nepalese in the Federal States)
ANFS क्यानबेरामा आधारित, गैरनाफामुखी तथा गैर–राजनीतिक सामुदायिक संस्था हो। सम्भवत यो संस्था अस्ट्रेलियामा रहेका नेपाली संस्थाहरूमध्ये सबैभन्दा पुरानो संस्था हो।
सन् १९८२ मा स्थापना भएको यो संस्था चार दशकभन्दा बढी समयदेखि क्यानबेरास्थित नेपालीहरूका लागि सहयोग, मैत्री, सांस्कृतिक संरक्षण र सामुदायिक विकासका क्षेत्रमा निरन्तर सेवा गर्दै आएको छ।प्रारम्भिक नेपाली आप्रवासीहरूको पहलमा स्थापना भएको ANFS ले नेपाली पहिचान, अष्ट्रेलियाप्रतिको प्रतिबद्धता, र समुदायको सामूहिक आकांक्षालाई प्रतिनिधित्व गर्छ।
संस्थाले नेपाली र अष्ट्रेलियालीबीच मैत्री वातावरण वातावरण बढाउँदै, नयाँ आएका व्यक्तिहरूलाई सहयोग, र समुदायलाई एकीकृत गर्दै महत्वपूर्ण भूमिका निभाइरहेको छ।
मुख्य कार्य तथा योगदान
- आवश्यक परेमा सहयोग, मार्गदर्शन र समर्थन उपलब्ध गराउने।
- नेपाली चाडपर्व, परम्परा, कला र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने। (तीज साङ्गीतिक कार्यक्रम, दशैं सांगीतिक कार्यक्रम तिहार देउसी भैलो कार्यक्रम होली पर्व जस्ता कार्यक्रम)
- नेपाली र अष्ट्रेलियाली समुदायबीच मैत्री र सहकार्य बढाउने गतिविधि सञ्चालन गर्ने।
- अस्ट्रेलियाको ACT सरकारद्वारा आयोजित बहु-सांस्कृतिक कार्यक्रम अन्तर्गत नेपाली समाज र नेपालको प्रतिनिधि स्वरूप भाग लिने
- नयाँ विद्यार्थी तथा आप्रवासीलाई सहजीकरण तथा आपतकालीन अवस्थामा सहयोग
तसर्थ यदि तपाईँहरू पनि ANFS सँग जोडिन वा थप जानकारी लिन, संस्थासँग सम्बन्धित केही सहयोग चाहिएमा वा सामाजिक कार्यमा अझै सहयोग गर्न इच्छुक भएमा वर्तमान ANFS अस्ट्रेलियाका अध्यक्ष श्री निरज गौली ज्यूलाई सम्पर्क गर्न वा इमेल: info@anfscanberra.org.au गर्न सक्नुहुन्छ वा सोसियल मिडिया मार्फत जोडिन सक्नुहुनेछ। web site: https://www.anfscanberra.org.au/
४. नेपाल कला संस्कृति क्यानबेरा
अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायबीच कला, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्न यस संस्थाले औपचारिक रूपमा आफ्नो कार्यक्रमहरू गर्दै आएको छ। नयाँ पुस्तालाई नेपाली पहिचान, भाषा, परम्परा र सांस्कृतिक मूल्यहरू परिचित गराउन योजनाबद्ध अभियानअनुसार “विदेशमा नेपाली कला–संस्कृति जोगाउनु केवल कार्यक्रम गर्ने विषय मात्र होइन, नयाँ पुस्तासँग सम्बन्ध बनाउने, उनीहरूलाई जरा सँगै जोडिराख्ने दीर्घकालीन जिम्मेवारी हो।”यस संस्थाले आफ्नो नीति बनाएको छ।
संस्थाले नेपाली चाडपर्व र परम्पराहरूलाई विदेशमै जीवन्त राख्न तीज साङ्गीतिक कार्यक्रम, तिहारको देउसी–भैलो, लगायतका बहुचर्चित सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यी कार्यक्रमहरूले अष्ट्रेलियामा रहेका नेपालीहरूलाई एक ठाउँमा ल्याएर समुदायिक एकता तथा सांस्कृतिक माहोल बनाएको छ।
यसबाहेक, नेपाली कलाकृति, साहित्य तथा सिर्जनालाई विश्वसामु चिनाउने उद्देश्यसहित कला प्रदर्शनी, कवि गोष्ठी, नाटक प्रदर्शन, तथा साँस्कृतिक कार्यशाला जस्ता कार्यक्रमहरू पनि संस्थाका उद्देश्य हुन आउँछ। संस्थाले नेपालबाट ख्यातिप्राप्त कलाकार र सांस्कृतिक व्यक्तित्वहरूलाई समेत बोलाएर विशेष साङ्गीतिक कार्यक्रम पनि गरिरहेको छ।
संस्थाले केवल सांस्कृतिक कार्यक्रममै सीमित नभई समुदायका सदस्यहरूलाई आवश्यक परेको बेला सहयोग, मार्गदर्शन तथा समर्थन पनि गरेको छ।
तसर्थ यदि तपाईँहरू पनि नेपाल कला संस्कृति क्यानबेरा सँग जोडिन वा थप जानकारी लिन, संस्थासँग सम्बन्धित केही सहयोग चाहिएमा वा सामाजिक कार्यमा अझै सहयोग गर्न इच्छुक भएमा वर्तमान अध्यक्ष श्री यज्ञ अधिकारी ज्यूलाई सम्पर्क गर्न वा इमेल: गर्न सक्नुहुन्छ वा सोसियल मिडिया मार्फत जोडिन सक्नुहुनेछ।
Facebook : नेपाल कला संस्कृति क्यानबेरा
भाग ३ मा अन्य संस्थाहरु लिएर आउनेछौं
