सिड्नीमा ‘Live in Sydney’ The Edge Band को  सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने

सिड्नी, अष्ट्रेलिया। नेपाली संगीतप्रेमीहरूलाई लक्षित गर्दै ‘Live in Sydney’ सांगीतिक कार्यक्रम आगामी २२ नोभेम्बर २०२६ मा सिड्नीस्थित UNSW Roundhouse मा आयोजना हुने भएको छ। Uniglobe Events को आयोजनामा हुने कार्यक्रममा The Edge Band, लाउरे (Laure) र उयोमा (Uyoma) को प्रस्तुति रहने आयोजकले जनाएका छन्।

टिकट: Moshtix Click Here

Rayz Financial Services को प्रस्तुतिमा हुन लागेको यस कार्यक्रममा नेपाली संगीतप्रेमीहरूले प्रत्यक्ष सांगीतिक प्रस्तुतिको आनन्द लिन सक्नेछन्। कार्यक्रमको प्रमुख प्रायोजक (Gold Sponsor) का रूपमा ANE Australian National Education रहेको छ भने Busy Bee Entertainment लगायत विभिन्न संस्थाहरूले पनि कार्यक्रमलाई सहयोग गरेका छन्।

आयोजकका अनुसार कार्यक्रममार्फत नेपाली संगीत र कलाकारहरूलाई अष्ट्रेलियामा रहेका नेपाली समुदायमाझ थप परिचित गराउने तथा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा १८ वर्षमाथिका व्यक्तिहरूलाई मात्र प्रवेश दिइने पोस्टरमा उल्लेख छ। कार्यक्रममा सहभागी हुन इच्छुक दर्शकहरूले पोस्टरमा दिइएको QR कोड स्क्यान गरी वा टिकटिङ पार्टनर Moshtix मार्फत टिकटसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।

Moshtix मा उपलब्ध जानकारीअनुसार प्रारम्भिक टिकटको मूल्य ६९.९९ अष्ट्रेलियन डलर, सामान्य प्रवेश टिकटको मूल्य ७९.९९ डलर र VIP टिकटको मूल्य १५९.९९ डलर रहेको छ।

कार्यक्रम विवरण

  • कार्यक्रम: Live in Sydney – The Edge Band, Laure र Uyoma
  • मिति: आइतबार, २२ नोभेम्बर २०२६
  • स्थान: UNSW Roundhouse, सिड्नी, अष्ट्रेलिया
  • आयोजक: Uniglobe Events
  • प्रस्तुति: Rayz Financial Services
  • प्रमुख प्रायोजक: ANE Australian National Education
  • टिकट: Moshtix Click Here

Most read

  1. Card Payment Surcharges to End Across Australia from 1 October
  2. NDIS watchdog closes only one in three complaints on time as backlog nears 13,000
  3. ANFS to Host Dashain Celebration in Canberra, Bringing Nepali Culture and Community Together
  4. 2026 ACT Multicultural Awards recognise community leaders and organisations
  5. Four More Bodies Recovered from Himlung Avalanche in Nepal

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *