नेपाली जनसम्पर्क समिति अस्ट्रेलिया क्यानबेरा राज्य समितिको आयोजनामा तिहार विशेष भेटघाट कार्यक्रम क्यानबेरामा सम्पन्न 

नेपाली जनसम्पर्क समिति अस्ट्रेलिया (NPCCA) अन्तर्गत क्यानबेरा राज्य समितिको आयोजनामा तिहार विशेष भेटघाट कार्यक्रम सोमबार ९ नोभेम्बर २०२६मा  क्यानबेराको मोनक्रिफ पार्कमा सम्पन्न भएको छ।

नेपाली कला, संस्कृति, मौलिक परम्परा तथा सामाजिक सद्भावको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यानबेरामा बसोबास गर्ने नेपाली समुदायका सदस्य तथा परिवारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा NRNA कार्यकारी प्रतिनिधि, प्रवास नेपाली सम्पर्क विभाग , अन्तर्राष्ट्रिय नेपाली मञ्च, सनातन समाज ,नेपाली कला संस्कृति लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। र नेपाली चाडपर्वहरूको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरिएको थियो ।

तिहारको अवसरमा आयोजित यस भेटघाट कार्यक्रमले विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिन तथा समुदायबीच आपसी सम्बन्ध थप सुदृढ बनाउन महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।

नेपाली संस्कृति र आपसी सद्भाव प्रवर्द्धनमा जोड तथा प्रवासमा नेपाली पहिचान संरक्षणको प्रयास

कार्यक्रम मार्फत नेपाली जनसम्पर्क समिति अस्ट्रेलिया क्यानबेरा राज्य समितिको संयोजक श्री प्रेम रायमाझी ज्यूले नेपाली समुदायबीच आपसी भेटघाट, शुभकामना आदानप्रदान तथा सामाजिक एकताको सन्देश प्रवाह गर्नुभएको थियो ।

नेपालीहरूको महत्त्वपूर्ण सांस्कृतिक पर्व तिहारले बोकेको उज्यालो, सद्भाव, आत्मीयता र पारिवारिक एकताको सन्देशलाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। विशेषगरी अस्ट्रेलियामा हुर्कँदै गरेको नयाँ पुस्तालाई नेपाली चाडपर्व, संस्कृति र परम्परासँग परिचित गराउन यस्ता सामुदायिक कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास गरिएको छ। अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न विभिन्न नेपाली संघसंस्थाले सामुदायिक गतिविधि सञ्चालन गर्दै आएका छन्।

यसै क्रममा नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको क्यानबेरा राज्य समितिले आयोजना गरेको तिहार विशेष भेटघाट कार्यक्रमले नेपाली समुदायबीच आपसी सहकार्य, सद्भाव र एकतालाई प्रोत्साहन गरेको छ।

 

Most read

  1. Australia’s new student visa rules block family reunions for many international students
  2. Victorian state election 2026: Enrolment closes on 3 November as voting rules change
  3. PBS Prescription Costs Reduced to $25 for Medicare Card Holders
  4. Thriving Kids rollout begins in six Victorian areas, four of them in Melbourne’s north and west
  5. Pennsylvania’s Grand Canyon

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *