अष्ट्रेलियाभर हुने आप्रवासी विरोधी र्याली प्रति गैर आवासीय नेपाली संघ (NRNA)अष्ट्रेलियाको आपत्ति
सिड्नी, २१ अगस्ट २०२५।अष्ट्रेलियाका प्रमुख सहरहरूमा आगामी ३१ अगस्टमा आयोजना गरिने “March for Australia / Australia First” र्याली प्रति गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाले विरोध जनाएको छ। संघले विज्ञप्ति जारी गर्दै सो प्रकारका आप्रवासी विरोधी गतिविधि अष्ट्रेलियाको बहुसांस्कृतिक मूल्य, समावेशिता र सामाजिक सद्भावका विरुद्ध रहेको बताएको छ। विज्ञप्तिमा अष्ट्रेलियाको सामाजिक विविधता र आप्रवासी समुदायहरूको…
