कार दुर्घटनापछि गायक पशुपति शर्मा : “ग्रह कट्यो”
स्याङ्जा, नेपाल – लोकगायक पशुपति शर्मा बुधबार स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटनामा परे। पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किएपछि उनीसहित सवार गायक शिव हमाल र घनश्याम रिजाल सामान्य घाइते भएका छन्। पशुपति शर्माको देब्रे हातको कान्छी औंला भाँचिएर ब्यान्डेज बाँधिएको छ। दुर्घटनाबारे बोल्दै शर्माले भने, “ग्रह…
