SSDRC-Kathamandu संस्थापक सविता उप्रेतीलाई ‘भिजन क्लब्स इन्टरनेसनल समाजसेवा पुरस्कार–२०२६’
अटिजम भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पुनर्स्थापना र अधिकारका क्षेत्रमा १८ वर्षदेखि सक्रिय उप्रेती अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित

नेपालमा अटिजम भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पुनर्स्थापना, जनचेतना अभिवृद्धि तथा अधिकारका क्षेत्रमा लामो समयदेखि क्रियाशील सामाजिक व्यक्तित्व तथा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC)कि संस्थापक-अध्यक्ष सविता उप्रेती ‘भिजन क्लब्स इन्टरनेसनल समाजसेवा पुरस्कार–२०२६’ बाट सम्मानित हुनुभएको छ। अमेरिकाको न्युयोर्कमा केन्द्रीय कार्यालय रहेको भिजन क्लब्स इन्टरनेसनलको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा मिति ७नोभेम्बर २०२६ मा सम्पन्न भएको अवसरमा उप्रेतीलाई उक्त पुरस्कार प्रदान गरिएको हो।


विशेष नेवारी बाजागाजासहित आयोजित सम्मान समारोह भिजन क्लब्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय अध्यक्ष भिसिआई मङ्गलदास श्रेष्ठको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय अध्यक्ष श्रेष्ठ, प्रमुख अतिथि रिसाल तथा भिजन क्लब्स इन्टरनेसनल काठमाडौं–नेपाल च्याप्टरका अध्यक्ष राजकृष्ण श्रेष्ठले संयुक्त रूपमा उप्रेतीलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो। सोही अवसरमा सामाजिक अभियन्ता तथा सञ्चारकर्मी भोजराज थापा र समाजसेवी राजकृष्ण श्रेष्ठलगायत अन्य व्यक्तित्वहरूलाई पनि विशेष सम्मान गरिएको थियो।

सम्मान ग्रहण गर्दै उप्रेतीले यस पुरस्कारले सामाजिक सेवाको क्षेत्रमा आफूलाई थप जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्न प्रेरणा दिएको बताउनुभयो। अटिजम भएका बालबालिका तथा उनीहरूका परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा यस सम्मानले थप ऊर्जा प्रदान गरेको उल्लेख गर्दै उहाँले भिजन क्लब्स इन्टरनेसनलप्रति आभार व्यक्त गर्नुभयो।
१८ वर्षदेखि अटिजम भएका बालबालिकाको सेवामा
उप्रेती विगत १८ वर्षदेखि नेपालमा अटिजम भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पुनर्स्थापना तथा आत्मनिर्भरताका लागि निरन्तर क्रियाशील हुनुहुन्छ। उहाँले स्थापना गर्नुभएको विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) मार्फत हाल काठमाडौंको नरेफाँट, गोठाटार तथा भक्तपुरको ताथली गरी तीनवटा केन्द्रबाट करिब ६० जना बालबालिका तथा किशोरकिशोरीलाई विशेष शिक्षा, विभिन्न थेरापी तथा पुनर्स्थापना सेवा प्रदान गरिँदै आएको छ। सीमित स्रोतसाधनबाट सुरु भएको उहाँको सामाजिक सेवाको यात्रा अहिले अटिजम भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, अधिकार, सम्मान, समावेशिता र आत्मनिर्भरताका लागि समर्पित प्रेरणादायी अभियानका रूपमा स्थापित भएको छ।
भिजन क्लब्स इन्टरनेसनलको अन्तर्राष्ट्रिय अभियान
‘We Serve Nepal Differently’ अर्थात् ‘हामी फरक तरिकाले नेपालको सेवा गर्छौँ’ भन्ने मूल नाराका साथ सन् २०२१ मा विभिन्न देशमा रहेका ३१ जना नेपाली परोपकारी व्यक्तित्वहरूको पहलमा अमेरिकाको न्युयोर्कमा भिजन क्लब्स इन्टरनेसनल स्थापना भएको हो। विभिन्न देशमा राष्ट्रिय तथा स्थानीय च्याप्टर विस्तार गर्दै आएको यस संस्थाले आफ्ना सदस्य, आजीवन सदस्य तथा विभिन्न देशमा रहेका परोपकारी व्यक्तित्वहरूबाट संकलित सहयोग नेपालको सामाजिक सेवाका विभिन्न क्षेत्रमा परिचालन गर्दै आएको छ। शिक्षा, स्वास्थ्य, अपाङ्गता तथा अन्य सामाजिक क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले स्थापित संस्थाले सामाजिक उत्तरदायित्व र मानवीय सेवाका कार्यलाई प्राथमिकता दिँदै आएको छ। अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा क्लबका नयाँ सदस्य तथा आजीवन सदस्यहरूलाई सदस्यता पिन र प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
संस्थापक सविता उप्रेतीको बारेमा थप Click
क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
Most read
Victoria’s illicit tobacco crackdown came too late, premier admits
Albanese Defends Housing Tax Changes, Says Reforms Aim to Help First Home Buyers
Australia’s new student visa rules block family reunions for many international students
Victorian state election 2026: Enrolment closes on 3 November as voting rules change
NRN Australia–Canberra Urges Nepal to Strengthen Emergency Support and Embassy Accountability-A memorandum to Nepal’s Foreign Minister
