अस्ट्रेलियाको सरकारले Tim Tam बिस्कुटको निर्यात बढाउन ४५ मिलियन डलर लगानी गर्ने

KNA Canberra

अष्ट्रेलियाली सरकारले देशको उत्पादन उद्योग सुदृढ गर्न स्थापना गरिएको नेशनल रीकन्स्ट्रक्सन फण्ड कर्पोरेशन (NRFC) मार्फत प्रसिद्ध Tim Tam  बिस्कुटलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न ४५ मिलियन डलर लगानी गर्ने भएको छ।करदाताबाट संकलित फण्डमा १५ अर्ब डलरको पूँजी रहेको छ, र Arnott’s समूहमा गरिएको यो लगानी NRFC को तेस्रो ठूलो लगानी हो। यसअघि यस फण्डले अष्ट्रेलियाको सबैभन्दा ठूलो Meat-Pie  उत्पादक Patties Food Group मा ३६ मिलियन डलर लगानी गरेको थियो।

Arnott’s समूहले Tim Tam सहितका लोकप्रिय उत्पादनहरू बनाउँछ र अष्ट्रेलियाभर करिब २,५०० जनालाई रोजगारी दिएको छ। तर, Arnott’s अष्ट्रेलियाली कम्पनी होइन। यसलाई अमेरिकी private equity  कम्पनी KKR ले २०१९ मा Campbell’s Soup बाट किनेको हो। अर्नोट्स १९९७ यतादेखि विदेशी स्वामित्वमै रहँदै आएको छ। यो ४५ मिलियन डलरको सहकार्य Arnott’s  समूहको १.७५ अर्ब डलरको ऋण पुनर्संरचना (debt refinance) को हिस्सा हो, जसको उद्देश्य अष्ट्रेलियामा निर्माण क्षमता विस्तार गर्नु रTim Tam लाई विश्व बजारमा अझै मजबुत रूपमा स्थापित गर्नु हो।

Source: Australia GOV /Finance

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *