अहिलेको सरकार जनताको समर्थन बिना स्थापित ,हाटहुट र लाटलुटबीच बनेको-केपी शर्मा ओली 

काठमाडौं,नेपाल असोज ३१ — 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जनताको समर्थन बिना र अस्थिर वातावरणबीच गठन भएको आरोप लगाएका छन्।

शनिबार च्यासलमा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले उक्त सरकार ‘हाटहुट र लाटलुटबीच बनाइएको सरकार’ भएको दाबी गरे। ओलीले भने, “यो सरकार आम जनताको सहभागिताबाट होइन, त्रास र डर फैलाएर बनाइएको हो। जनताको घरमा आगो लगाएर, डर देखाएर बनाइएको सरकारलाई कसरी जनताको प्रतिनिधि भन्न सकिन्छ?”

उनले कार्की नेतृत्वको सरकारलाई एक प्रतिशत जनसमर्थन पनि नभएको जिकिर गर्दै भने, “यो सरकारलाई एक प्रतिशतले पनि समर्थन गरेको छैन। तीन लाख मानिसको समर्थनमा सरकार बनाएको भन्ने तर्क गलत हो।”

ओलीले वर्तमान सरकारलाई “क्रान्तिको होइन, प्रतिक्रमणको उपज” भन्दै देशलाई हिंसा र अराजकतातर्फ धकेलेको आरोप लगाए। उनले भने, “यो क्रान्ति होइन, प्रतिकान्ति हो। देशलाई शान्तिबाट हिंसा र अराजकतामा धकेलिएको छ। कानुनी शासनबाट आवेश र उत्तेजनातर्फ फर्किएको छ।”

जेनजी आन्दोलनको प्रसङ्ग जोड्दै ओलीले यस्तो गतिविधिले समाजमा भय र अस्थिरताको मनोविज्ञान फैलाएको बताए। उनले सबै राजनीतिक दल र जनतालाई शान्ति, स्थिरता र कानुनी शासनको पक्षमा एकजुट हुन आग्रह गरे।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *