| |

रुसमा ८.८ रेक्टरको भूकम्प, जापानलगायत धेरै देशमा सुनामीको असर

रुसको सुदूरपूर्वी कामचत्का प्रायद्वीपमा बुधबार ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। त्यसपछि रुस, जापान, अमेरिका र आसपासका क्षेत्रमा सुनामीको लहर देखिन थालेको छ।

जापानको फुकुशिमा दाइची परमाणु केन्द्र खाली गराइएको छ। सन् २०११ मा यस्तै ९ रेक्टर स्केलको भूकम्पले यही क्षेत्रमा ठूलो परमाणु दुर्घटना गराएको थियो। अहिले पनि होक्काइदो प्रान्तमा ४० से.मी. सुनामी लहर मापन गरिएको छ।

रुसमा भूकम्पपछि केही घरहरूमा क्षति पुगेको छ भने केही मानिस घाइते भएका छन्। सेवेरो कुरिलस्क क्षेत्रमा बाढी आएको छ।

अमेरिकाको अलास्का, हवाई र क्यालिफोर्नियामा सुनामीको चेतावनी जारी गरिएको छ। हवाईका गभर्नर जोश ग्रीनले उच्च स्थानमा जान आग्रह गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सतर्क रहन आह्वान गरेका छन्।

सुनामी के हो?

समुद्रमा अचानक उत्पन्न भएका ठूला छालहरूलाई सुनामी भनिन्छ। यो शब्द जापानी भाषाबाट आएको हो जसको अर्थ ‘समुद्री तटको लहर’ हो। सामान्यत: शक्तिशाली भूकम्प, समुद्रभित्र ज्वालामुखी विस्फोट वा जमीनको सर्ने प्रक्रियाबाट सुनामी आउन सक्छ।

सुनामीको पूर्वानुमान कठिन हुन्छ, तर संवेदनशील क्षेत्रहरूमा निगरानी राखिन्छ। जब समुन्द्रको भित्री भागमा हलचल हुन्छ, पानी माथितर्फ उठ्छ र त्यसले तीव्र गतिमा किनारामा ठोक्किँदा डुबान र क्षति पुर्याउँछ।

विशेषज्ञका अनुसार यस भूकम्पपछि उठेको सुनामी सन् १९५२ यताकै ठूलो हुनसक्छ। अहिले पनि चेतावनी जारी भएकाले उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *