|

शपथ ग्रहणः नवनियुक्त चार मन्त्रीले सम्हाले जिम्मेवारी, महावीर पुनले प्राथमिकता भने विज्ञान र नवप्रवर्धन

काठमाडौं,नेपाल 

नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन्। शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियारलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले उद्योग, कानून र भूमि मन्त्रालय र परियारले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। स्वास्थ्य मन्त्रीमा संगीता कौशल मिश्रको नाम सिफारिस भएपनि आज शपथ ग्रहण रोकिएको छ।

शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षा  मन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह सुझावअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले राम्रा सुझावलाई सकेसम्म छिटो र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए।

उनले भने, “अब मैले विज्ञहरूको सल्लाह सुझाव माग्छु। को कोले राम्रो सुझाव दिन्छ, त्यसलाई छिटो कार्यान्वयन गर्ने प्रयास हुनेछ। विज्ञान, प्रविधि, नवप्रवर्धन र व्यवहारिक अनुसन्धान नै मेरो प्राथमिकता रहनेछ।”

मन्त्री पुनले अझै स्पष्ट गरे कि किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाइएको भए पनि तत्काल कुनै विशेष योजना अघि सारिएको छैन।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *