|

आउनुहोस् यसपालिको दशैं सँगै मनाऔं- चितवन सिड्नी बोइज 

सिड्नी, अष्ट्रेलिया – सिड्नीमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै चितवन सिड्नी बोइज ले यस वर्ष विशेष दशैं उत्सव आयोजना गर्ने भएको छ। नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैंलाई आफ्नो घरदेखि टाढा भए पनि घरझैँ अनुभूति दिलाउने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागिएको आयोजकहरूले जनाएका छन्।

कार्यक्रमको उद्देश्य अनुसार:
“यदि तपाईं एक्लो महसुस गर्दै हुनुहुन्छ भने हामी तपाईं सँगै दशैं मनाउन यहाँ छौं। आउनुहोस्, जोसुकै भए पनि सहभागी बनौं।

एक्लोपनको त्यो भारीपन दशैं जस्तो चाडमा घरमा रमाइलो हुँदा तपाईं टाढा चुपचाप बस्नुपर्ने भएको होला ; तपाईंहरूको साथमा हामी छौं। तपाईं अब एक्लो हुनुहुन्न; हामी तपाईंको लागि छौं। माया र सम्झनाले भरिएको परिवारजस्तै गरी चाडबाड मनाउँ- रमाउँ र सँगै बसौँ।”

दशैंले परिवार भेटघाट, आशीर्वाद र सांस्कृतिक परम्पराको प्रतीक बोकेको हुन्छ। सिड्नीमा हुने यस उत्सवमा संगीत, नृत्य, परम्परागत पोशाक, पिङ र चङ्गा जस्ता गतिविधिहरू हुनेछन्, जसले नेपाली प्रवासीहरूलाई आफ्नै घरझैँ वातावरण दिनेछ।

आयोजकहरूको भनाइ अनुसार उनीहरूको मुख्य उद्देश्य भनेको कसैले पनि यो चाडमा आफूलाई टाढा वा एक्लो महसुस नगर्नु हो। “हामी तपाईंका लागि छौं। तपाईंको खुशी हाम्रो हो, तपाईंको पीडा हाम्रो हो। आउनुहोस्, यसपालिको दशैं सँगै मनाऔं,” उनीहरूले भने।

यो उत्सव प्रेम, सम्झना र एकताले भरिएको अविस्मरणीय क्षण बन्ने अपेक्षा गरिएको छ।

Location for Celebration : 11 Burlington road Homebush, Sydney
Morning 10 Am to….
Please Join with us. You are Invited.

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *