सिड्नीमा ब्राइटेन ल फर्म – नेपाली समुदायकी महिलाद्वारा सुरु
अक्टोबर २०२५ –
अस्ट्रेलियामा बढ्दो नेपाली समुदायसँगै, विभिन्न क्षेत्रमा दक्षता हासिल गर्दै नेपाली समुदायबाट प्रेरणादायक र सफल व्यक्तित्वहरू उदाउँदै आएका छन्।सामाजिक, व्यावसायिक, राजनीतिक जस्ता विशिष्ट ओहोदा तथा क्षेत्रमा पनि नेपाली समुदायको प्रतिनिधित्व देख्न सकिन्छ।
कानुनी सहयोग सबैका लागि सरल, सहज र पहुँच योग्य बनाउने मुख्य लक्ष्य राखेर नेपाली समुदायकी एक महिला वकिल जसले अस्ट्रेलियाको सिड्नीमा आफ्नै ल फर्म मार्फत सेवा सुरु गरेकी छन्।
सृष्टि शाह Macquarie University बाट कानुनमा LLB अध्ययन पूरा गरेकी शाह सँग करिब चार वर्षको कानुनी अनुभव छ। अध्ययनका क्रममा उनले Women Entering Business र Macquarie University Sustainability Society मा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्, जसले उनको नेतृत्व र समुदायप्रतिको समर्पणलाई अझ प्रष्ट पारेको छ।
उनले अष्ट्रेलियाका प्रतिष्ठित कानुनी फर्महरू McCabes Lawyers र Barry Nilsson Lawyers मा कार्य अनुभव संगाल्दै, साथै Lawpath र St. Francis Social Services मा इन्टर्नशिप मार्फत सामाजिक कार्य र कानुनी सहयोगको सम्बन्धमा महत्वपूर्ण अनुभव प्राप्त गरेकी छिन्।
“We Brighten the Law for You” भन्ने प्रतिबद्धता द्वारा स्थापित ब्राइटेन ल फर्मले पारदर्शी शुल्क, प्रतिस्पर्धी दर र आत्मीय सेवा प्रदान गर्दै, कानुनलाई डर होइन, सशक्तीकरणको माध्यमबाट सहज तथा सहयोगको साधन बनाउने लक्ष्य राखेको छ।
ब्राइटेन ल फर्म ले व्यक्तिगत चोट (Personal Injury), श्रम क्षतिपूर्ति (Worker Compensation), करार (Contract), मेडिकल नेग्लिजेन्स (Medical Negligence), माइग्रेशन (Migration) र कन्भेयन्सिङ (conveyancing) जस्ता सेवाहरूमा थप सरल र सहज बनाउने छ ।
शाह का अनुसार धेरै महिनाको योजना, सिकाइ र कडा मेहनतपछि, ब्राइटेन ल फर्म– नामको आफ्नै कानुनी फर्म आधिकारिक रूपमा सुरु गरेको बताएकी छन्। सबै समुदाय वर्गलाई समान रुपले सेवा प्रदान गर्ने उद्देश्य रहेको पनि बताएकी छन्।
ब्राइटेन ल फर्म ले आफ्नो डिजिटल कार्ड सहित विशिष्टआन्तरिक प्रविधि समावेश गरेको छ। जसले गर्दा कार्यदक्षता, स्पष्टता र आधुनिक पहुँच प्रतिको प्रतिबद्धता प्रकट गर्दछ। साथै सम्पूर्ण टिमको विशेषज्ञता र प्रदान गरिने सेवाहरू स्पष्ट रूपमा देख्न सकिन्छ।
आधुनिक लेआउट, विशेष ब्रान्डिङ, र QR कोड समावेशले ग्राहकहरूका लागि ब्राइटेन ल–संग छिटो र सहज रूपमा जोडिन सकिने अपेक्षा गरिएको छ।
ब्राइटेन ल फर्मको नेतृत्व नेपाली समुदायकी एक सक्षम महिला वकिलले गरिरहेकी हुनुले नेपाली समुदायमा गर्वको विषय पनि थपेको छ।
यससँगै ब्राइटेन ल फर्म सुरुवाती को एक महिनासम्म Free Phone Consultation उपलब्ध गराइएको छ।
थप सम्पर्क जानकारी:
📍 ठेगाना: 15.08, Level 15, 60 Station Street E, Parramatta NSW 2150
📞 Phone: (02) 9037 6962 Mob :0406 540 516
📧 इमेल: contact@brightenlaw.com.au
