Latest Posts +

Popular Posts +

अष्ट्रेलियाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको कूटनीतिक पहलको प्रशंसा- गाजामा शान्ति सम्झौतामा स्वागत

Kendra news
October 9, 2025

क्यानबेरा, ९ अक्टोबर २०२५ — अष्ट्रेलियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको इजरायल–हमासबीचको शान्ति सम्झौतामा स्वागत जनाएको छ। उक्त सम्झौता गाजामा स्थायी शान्ति ल्याउने योजना अन्तर्गतको पहिलो चरण हो।

प्रधानमन्त्री एन्टोनी अल्बानेज र विदेशमन्त्री पेनी वोंगले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै यो सम्झौता “लामो द्वन्द्वपश्चात अत्यावश्यक शान्तिको कदम” भएको बताएका छन्।

वक्तव्यमा भनिएको छ, “अष्ट्रेलिया लगातार युद्धविराम, बन्धकहरूको फिर्ती र गाजामा मानवीय सहायताको अबरोधरहित आपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसँगै आवाज उठाउँदै आएको छ।”

अष्ट्रेलियाले सबै पक्षहरूलाई सम्झौताको शर्तहरू पालना गर्न आग्रह गरेको छ। साथै राष्ट्रपति ट्रम्पको कूटनीतिक प्रयास र इजिप्ट, कतार र टर्कीले निभाएको भूमिकाको विशेष प्रशंसा गरिएको छ।

वक्तव्यमा अष्ट्रेलियाले गाजाको भविष्य शासनमा हमासलाई भूमिका नदिन गर्ने प्रतिबद्धतालाई पनि समर्थन जनाइएको छ।

“गाजाको पुनर्निर्माण, दीर्घकालीन शान्ति र फिलिस्तीनी राज्य निर्माणको यात्रा अझै लामो छ,” वक्तव्यमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री अल्बानेज र विदेशमन्त्री वोंगले अष्ट्रेलियाले सधैँ आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर न्यायपूर्ण र स्थायी समाधानका लागि निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Comments

Trending