सिड्नीको चाइल्डकेयर केन्द्रमा बालबालिकामाथि कुटपिट गरेको आरोपमा कर्मचारी पक्राउपछि धरौटीमा रिहा

अष्ट्रेलियाको सिड्नीस्थित एक चाइल्डकेयर केन्द्रमा दुई साना बालबालिकालाई थप्पड हानेको आरोप लागेका एक कर्मचारीलाई अदालतले धरौटीमा रिहा गरेको छ।

प्रहरीका अनुसार घटना शुक्रबार सिड्नीको दक्षिण–पश्चिम क्षेत्र पानानियास्थित Montessori Academy मा भएको हो। २४ वर्षीय जयन्द्र शाहीमाथि दिउँसो सुत्ने समयमा दुई बालबालिकाको अनुहारमा थप्पड हानेको आरोप लागेको छ।

अदालतमा पेश गरिएका विवरणअनुसार उक्त घटना चाइल्डकेयर केन्द्रको सीसीटीभी क्यामेरामा कैद भएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार एक अभिभावकले घटनाबारे उजुरी दिएपछि प्रहरी अनुसन्धान सुरु भएको हो।

शाहीविरुद्ध दुई वटा कुटपिटसम्बन्धी आरोप लगाइएको छ। अदालतले आरोपलाई गम्भीर भन्दै बालबालिकाको सुरक्षालाई प्राथमिक चिन्ताको विषय बनाएको जनाएको छ।

धरौटीका सर्तअनुसार शाहीलाई कुनै पनि चाइल्डकेयर केन्द्रमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ। साथै, स्थायी बसोबास अनुमति (Permanent Residency) प्राप्त गर्ने प्रक्रियामा रहेका नेपाली नागरिक शाहीलाई आफ्नो राहदानी बुझाउन पनि आदेश दिइएको छ।

घटनापछि Montessori Academy ले सम्बन्धित कर्मचारीलाई तत्काल निलम्बन गरी पछि सेवाबाट हटाइएको जनाएको छ। संस्थाले प्रहरी तथा नियामक निकायलाई तुरुन्त जानकारी गराइएको पनि उल्लेख गरेको छ।

Primary Source media published : 9News.com.au

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *