क्यानबेरामा Drone SkyShow र Night Markets २०२६ मा फेरि अझै भव्य रूपमा

KNA Canberra:

अष्ट्रेलिया डे २०२६ का अवसरमा राजधानी क्यानबेराले फेरि एक पटक साँझलाई उज्यालो बनाउने योजनामा नेशनल क्यापिटल अथोरिटी ले लोकप्रिय फ्लाइट: ड्रोन स्काइशो + नाइट मार्केटको पुनरागमन घोषणा गरेको छ। यो कार्यक्रम यसपटक झन् ठूलो, उज्यालो र आकर्षक रूपमै प्रस्तुत हुँदैछ।

२०२6 मा FLIGHT दुई अलग–अलग १५ मिनेटका ड्रोन शो, प्रत्येक रात ९:०० बजे र १०:०० बजे, प्रस्तुत गर्नेछ। दर्शकहरूले आकाशभरि नाच्ने हजारौँ रोशनी, अत्याधुनिक ड्रोन कोरियोग्राफी, आधुनिक प्रकाश प्रभाव, र मनमोहक संगीतसहितको कथावाचन अवलोकन गर्नेछन्—जसले हाम्रो राष्ट्रको विकसित हुँदै गएको कथालाई सम्मान, प्रतिनिधित्व र उत्सवका रूपमा प्रस्तुत गर्छ।

अन्तर्राष्ट्रिय रूपमा प्रशंसित कार्यक्रम निर्माता AGB Creative पुनः क्यानबेरामा आउँदैछन्, नेशनल अष्ट्रेलिया डे काउन्सिलको सहयोगमा फ्लाइटले मनोरञ्जनका सिमानाहरू निरन्तर विस्तार गरिरहेको छ र उनीहरूको प्राविधिक र कलात्मक विशेषज्ञतासहित दर्शकलाई मोहित पार्ने छ।

फ्लाइट केवल दृश्य–भव्यता मात्र होइन, समुदाय, संस्कृति र सम्बन्धको उत्सव पनि हो। पहिलो पटक हेर्न आउनेहरू होस् वा पुनः आउने दर्शक सबैलाई यसपटक अझै रोमाञ्चक अनुभव हुनेछ।

जनवरी २०२६ मा लेक बर्ली ग्रिफिनको छेउमा तारा–भरिको आकाशमुनि रोशनी, संगीत र जादूमय वातावरणसहितको अविस्मरणीय साँझका लागि सहभागी हुन निमन्त्रणा गरिएको छ।

यो कार्यक्रम नेशनल क्यापिटल अथोरिटी र नेशनल अष्ट्रेलिया डे काउन्सिलको सहयोगमा भएको हो।

कार्यक्रमको मिति र स्थान : Saturday 24– Monday 26 January 2026

Lake Burley Griffin

Source: https://www.nca.gov.au/

Media- ACT Chief Minister

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *