क्यानबेरामा “संस्कृति, पोषण र डिजिटल साक्षरता” कार्यक्रम हुँदै: युवाहरूको सशक्तिकरणका लागि बहुपक्षीय पहल 

Nourish Nation Foundation र NEPAFE ले २३ नोभेम्बरमा स्वास्थ्य, वातावरण र डिजिटल सीपमा लक्षित बहुसांस्कृतिक कार्यक्रम आयोजना गर्दै

क्यानबेरा, अष्ट्रेलिया —
क्यानबेरामा आउँदो आइतबार, २३ नोभेम्बर २०२५ “संस्कृति, पोषण र रिसाइकलिङमार्फत युवा सुदृढीकरण” शीर्षकमा बहुपक्षीय सामुदायिक कार्यक्रम आयोजना हुँदैछ। ACT सरकारको Multicultural Inclusion तथा Youth InterACT Grant Programs अन्तर्गत समर्थित यो कार्यक्रम Nourish Nation Foundation द्वारा सञ्चालन हुँदैछ।

कार्यक्रमले युवाहरूलाई स्वस्थ जीवनशैली, सांस्कृतिक पहिचान, पौष्टिक भोजन, मानसिक स्वास्थ्य, र वातावरणमैत्री व्यवहारबारे जानकारी र प्रेरणा प्रदान गर्ने लक्ष्य राखेको छ।

यसै कार्यक्रम अन्तर्गत Nepalese Association of Agriculture, Forestry, and Environment in Australia (NEPAFE) ले Digital Literacy Workshop सञ्चालन गर्दैछ। सहभागीहरूले इन्टरनेट सुरक्षा, अनलाइन ठगीबाट जोगिने उपाय, भिडियो कलिङ, स्मार्टफोन/ट्याब्लेट प्रयोग, र डिजिटल सिपहरूको व्यवहारिक प्रयोगबारे प्रशिक्षण पाउनेछन्।

विशेष :

  • डा. याकिन्द्र तिमिल्सेना – स्वास्थ्यपूर्ण आहार र पोषक तत्वको महत्व
  • डा. सिताराम घिमिरे – सुरक्षित खाना: खेत देखि थालसम्म
  • डा. राजु अधिकारी – पोषण र मानसिक स्वास्थ्यबीचको सम्बन्ध (Food and Mood)

कार्यक्रम समन्वय: डा. कृष्ण हमाल, जसले सबै सत्रहरूलाई व्यावहारिक र सहभागीमैत्री बनाउनेछन्।

क्रियाकलाप संयोजकहरू:

  • भास्कर रेग्मी – Recycle to Revive Initiative: वातावरण संरक्षण र रिसाइकलिङ
  • सुजन न्यौपाने – डिजिटल साक्षरता: बहुसांस्कृतिक समुदायमा सीप आदान–प्रदान

कार्यक्रम विवरण:

  • मिति: आइतबार, २३ नोभेम्बर २०२५
  • समय: बिहान १० बजे
  • स्थान: 92 Phyllis Ashton Cct, Gungahlin, ACT 2912
  • QR code बाट आफ्नो उपस्थितिको लागि दर्ता गराउन सकिनेछ।

कार्यक्रम सबै समुदायका सदस्यका लागि खुला छ, विशेष गरी युवाहरू, परिवार र स्वास्थ्य तथा वातावरणमा रुचि राख्नेहरू सहभागी हुन आयोजक प्रोत्साहित  गर्दछ।

सहयोगी संस्था:

  • ACT Government
    भूमिनन्द–धौलादेवी फाउन्डेशन
    Himalayan Friends of Australia

सम्पर्क:

डा. कृष्ण हमाल: 0422 342 655
डा. सिताराम घिमिरे: 0468 958 402
सुजन न्यौपाने: 0431 988 050
भास्कर रेग्मी: 0406 907 972
इमेल: info@nourishnation.org
वेबसाइट: https://nourishnation.org

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *