झापा: भद्रपुर नेपाल विमानस्थलमा बुद्ध एयरको विमान ओभर रन, ७ जना घाइते

झापा: भद्रपुर नेपाल

भद्रपुर विमानस्थलमा शुक्रबार राति अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेबाट ओभर रन हुँदा चालक दलका एक सदस्यसहित सात जना घाइते भएका छन्।

काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर–७२ जहाज राति करिब ९ः१० बजे अवतरण गर्ने क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर अगाडि गएर घाँसे झाडी र माटोमा भासिँदै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विमानमा ५१ यात्रु, चार जना चालक दल र एक जना इन्जिनियर सवार थिए। घाइतेहरूलाई तत्काल उद्धार गरी भद्रपुरस्थित अस्पतालमा उपचारका लागि लगिएको थियो। घाइतेमध्ये को–पाइलटको उपचार जारी रहेको छ भने अन्य छ जना सामान्य उपचारपछि घर फर्किएका छन्।

Most read

  1. Card Payment Surcharges to End Across Australia from 1 October
  2. Sydney accounting firm fined $177,000 over unlawful cashback scheme involving migrant worker
  3. Nearly 2 million Quest customers affected by data breach
  4. Goodwin Aged Care Services to repay $1.39 million after employee underpayments
  5. NSW Expands Paid Internship Program Across Creative Industries

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *