संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर
काठमाडौं — हालै भएको संघीय संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा छुट्टाछुट्टै रिट दायर भएका छन्। मंगलबार विभिन्न अधिवक्ताहरूले दायर गरेका ती रिटहरूमा सरकारले गरेको संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै, वर्तमान कामचलाऊ सरकारले दीर्घकालीन प्रभाव पर्ने निर्णयहरू नगर्नु पर्ने माग गरिएको छ। रिट दायर गर्ने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार सरकार अब केवल कामचलाऊ अवस्थामा…
