अस्ट्रेलियामा १ जुलाई २०२६ देखि तलबसँगै सुपर (Payday Super) भुक्तानी अनिवार्य

अक्टोबर २१, २०२५ | क्यानबेरा

अस्ट्रेलियाली सरकारले ९ अक्टोबरमा Payday Super सम्बन्धी नयाँ कानुन संसदमा पेश गरेको छ। यो कानुन १ जुलाई २०२६ देखि लागू हुने अपेक्षा गरिएको छ, यद्यपि यो हालसम्म कानुनी रूपमा पारित भएको छैन।संसदमा पेश भएको मात्र छ।

नयाँ व्यवस्थाअनुसार, रोजगारदाताहरूले कर्मचारीहरूको सुपरएन्युएसन (Superannuation Guarantee – SG) तलबसंगै नै भुक्तानी गर्नुपर्नेछ। प्रत्येक तलबदिने मिति पछि ७ कार्यदिन भित्र सुपर फन्डमा रकम  जम्मा हुनुपर्नेछ। यदि तोकिएको समयभित्र सुपर फन्डमा रकम जम्मा भएन भने Superannuation Guarantee Charge (SGC) तिर्नुपर्ने छ।
यससँगै पद्धति प्रक्रियामा सुधार गरेर सुपर फन्डमा देखिएका समस्या समाधान सँगै नयाँ प्रणालीले भुक्तानी छिटो हुने, सदस्य प्रमाणिकरण (Member Verification Request) जस्ता सुविधा ल्याउने, र गलत वा अस्वीकृत भुक्तानी कम गर्नेछ।

यसका लागि यदि रोजगारदाताहरूले वा व्यवसायहरूले चाहेमा  १ जुलाई २०२६ भन्दा अघि नै तलबसँगै सुपर भुक्तानी गर्न सुरु गर्न सक्नेछन्।
यदि आवश्यक परेमा यसका लागि आफ्नो कर सल्लाहकार, Accountant, वा सुपर फन्ड सँग परामर्श गर्न सक्नेछन्।

यो पहलले अस्ट्रेलियाली श्रमिकहरूको सेवानिवृत्ति बचतलाई सुदृढ गर्ने र भुक्तानी प्रणालीलाई पारदर्शी र समयमै बनाउन उद्देश्य राखेको सम्बन्धित निकायको भनाइ छ।

स्रोत : (ATO Business bulletins)

moredetails: https://www.ato.gov.au/businesses-and-organisations/business-bulletins-newsroom/payday-super-legislation-introduced

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *