प्रतिगामी गतिविधिविरुद्ध एमालेको देशव्यापी जनपरिचालन,- विभिन्न जिल्लामा जनसभा

प्रतिगामी गतिविधिविरुद्ध एमालेको देशव्यापी जनपरिचालन,- विभिन्न जिल्लामा जनसभा

काठमाडौं-नेपाल

 प्रतिगामी भूमिकाहरूलाई चुनौती दिने उद्देश्यसहित नेकपा एमालेले सञ्चालन गरिरहेको ‘जनपरिचालन अभियान’ अन्तर्गत देशभरका प्रमुख शहर र जिल्लाका सदरमुकामहरूमा आज व्यापक जनसभा गरिएको छ।

एमालेका प्रचार–प्रसार प्रमुख राजेन्द्र गौतमका अनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रीय नेतृत्वलाई विभिन्न जिल्लामा जिम्मेवारीसहित परिचालन गरिएको छ। उनका अनुसार जनपरिचालन अभियान चार चरणमा अघि बढाइएको हो।
पहिलो चरणमा कात्तिक २२ गते वडा तहमा भेलाहरू सम्पन्न भए भने कात्तिक २५ गते अधिकांश स्थानीय तहहरूमा र्‍याली तथा प्रदर्शन आयोजित गरिएको थियो। आज तेस्रो चरणका रूपमा जिल्लामा आयोजित जनसभाहरू भएका हुन्।
अभियानको अन्त्य मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा आयोजना गरेर गरिने गौतमले जानकारी दिए।

आजका सभाहरूमा पनि शीर्ष नेतृत्व विभिन्न स्थानमा उपस्थित भएको छ।
महासचिव शंकर पोखरेल नेपालगञ्जमा आयोजित कार्यक्रमका प्रमुख वक्ता रहेका छन्।
उपमहासचिव प्रदीप ज्ञवाली गुल्मीमा, तथा अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ लमजुङमा आयोजना गरिएको सभामा सहभागी भएका छन्।
त्यसैगरी रुपन्देहीमा सचिव छविलाल विश्वकर्माको उपस्थिति रहनेछ भने सचिव पद्मा अर्याल झापाको बिर्तामोडमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
कोशी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य हिक्मत कार्की धनकुटामा आयोजना गरिएको सभामा सम्बोधन गर्न निर्धारित छन्।

Source: Kendrabhag.com

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *