घरभाडा, जातीय विभेद र विपन्न वर्ग ; आधुनिक स्वरूपको अदृश्य विभेद तर प्रभावकारी
नेपाल “सरकार कोठा खाली छ” भन्ने आवाज केवल सडकको नारा होइन, यो नेपालको समकालीन सामाजिक संरचनाभित्र अझै गहिरो रूपमा जरा गाडेर बसेको असमानता, जातीय विभेद र आवासीय अधिकारसँग जोडिएको गम्भीर मानव अधिकारको प्रश्न हो। नेपालको काठमाडौंको माइतीघर मण्डलामा एक महिला दीपा नेपालीले करिब साढे दुई महिनादेखि जारी राखेको शान्तिपूर्ण धर्नाले नेपालमा संविधानले सुनिश्चित गरेको समानताको…
