| |

सिंजा साहित्य प्रतिष्ठान औपचारिक रूपमा दर्ता हुने तयारीमा छ।

नारद आचार्य सुदामा
नवम्बर २०-२०२५ अमेरिका

नेपाली साहित्यको जरा मानिने ऐतिहासिक सिंजा क्षेत्रको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित सिंजा साहित्य प्रतिष्ठान औपचारिक रूपमा दर्ता हुने तयारीमा छ।

प्रतिष्ठानको अध्यक्षमा निर्मल रोकाया, संस्थापकका रूपमा नबिन रोकाया, र सचिवमा धीरज प्रताप मल्ल ठकुरी चयन भएका छन्।

संस्थाले ‘हाम्रो साहित्य, हाम्रो शान—नेपाली साहित्यमा सिङ्जाको पहिचान’ भन्ने नारालाई आधार मानी अगाडि बढ्ने जनाएको छ।

प्रतिष्ठानका पदाधिकारीहरूका अनुसार सिंजा सभ्यताको सांस्कृतिक तथा भाषिक सम्पदामा आधारित साहित्यिक गतिविधि विस्तार, नयाँ सिर्जनालाई प्रोत्साहन, अनुसन्धान र दस्तावेजीकरण संस्थाको मुख्य लक्ष्य हुनेछ।

साहित्य, संस्कृति र पहिचानको संरक्षणमा संस्थाको स्थापना महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *