अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न कडा कानुन ल्यायो
क्यानबेरा— अष्ट्रेलिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने आफ्नो ऐतिहासिक कानुनलाई थप प्रभावकारी बनाउन नयाँ विधेयक सार्वजनिक गरेको छ। नयाँ व्यवस्थाअनुसार कानुन उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई अधिकतम ९९ मिलियन अष्ट्रेलियन डलरसम्म जरिवाना हुन सक्नेछ। सरकारले स्वतन्त्र नियामक eSafety Commissioner लाई थप अधिकार प्रदान गर्ने भएको छ। यसअन्तर्गत नियामकले सामाजिक सञ्जाल कम्पनीहरूलाई…
